MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

​मालिकको परेवा बचाउन बाँदरले दियो ज्यान

मंसिर ८ – तपाईँले इमान्दार कुकुरका बारेमा सुन्नुभएको होला । बदमास बाँदरका बारेमा पनि सुन्नुभएको होला । केही समय पहिला भारतको हरियाणामा बाँदरले मोटरसाइकलबाट पेट्रोल चोरी गरेको घटना सार्वजनिक भएको थियो ।

तर कलकत्तामा एउटा बाँदरबारे समाचार सार्वजनिक भएको छ जसले बाँदरप्रतिको तपाईँको दृष्टिकोण बदल्न सक्छ । कलकत्ताका एउटा बाँदर आफ्नो मालिकको लागि चोरहरुसँग भिडेको खबर दैनिक जागरणले जनाएको छ । 

यो बाँदरले मालिकको घरमा घुसेका चोरको समूहलाई चोरी गर्नबाट रोकेको छ । यो घटना कलकत्ताको काशीपुर क्षेत्रको हो । काशीपुरका एक जना व्यक्तिले केही परेवाका साथै एउटा बाँदर पालेका थिए । एक दिन केही मानिस परेवा चोर्नका लागि घरभित्र पसे । बाँदरमा मालिकप्रतिको निष्ठा जाग्यो र चोरहरुसँग भिड्न थाल्यो । बाँदरले आफ्नो ज्यान बाँकी रहेसम्म चोरहरुसँग लडिरह्यो । अन्तमा चोरहरुको समूहले बाँदरलाई मारे ।

आफ्नो बफादार बाद्यरको हत्या भएपछि दुखी भएका मालिकले स्थानीय प्रहरी चौकीमा रिपोर्ट दर्ता गराएका छन् । उनले आफ्नै टोलका केही मानिस आफूले पालेको परेवा चोर्नका लागि आएको बताए ।

जब बाँदरले उनीहरुलाई रोक्यो, त्यसपछि उनीहरुले बाँदरमाथि पनि हमला गरेको उनले बताए । प्रहरीले घटनाको छानबिन गरिरहेको बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया