MENU

विज्ञान प्रविधि

उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात हुने, देशभर चिसो बढ्यो

काठमाडौं, मंसिर ९ – अबको दुई दिन उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापिय रेखाको प्रभावले उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

यसकै प्रभावले देशभरि नै चिसो बढेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोम र जिरीको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौंको शनिबार बिहानको तापक्रम ७ डिग्री सेल्सियसमा झरेको मौसमविद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । यो विस्तारै हटेर पहाडी बाहेकका क्षेत्रको मौसम सफा हुने उहाँको अनुमान छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया