MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

रङहरुको कविता

काठमाडौँ, मंसिर ९ – बंगलादेशी कलाकार मेहदी हसनको एकल चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषदमा शुरु भएको छ । 

मंसिर १३ गतेसम्म हुने ‘रङहरुको कविता’ शीर्षक प्रदर्शनीमा हसनले विभिन्न समयमा तयार गरेका ३० चित्रकला छन् । कलाकारले अतीतका सम्झना, समुद्रको छाल र सो वरपर क्षेत्रका प्रभावलाई पनि कलामा उतार्नुभएको छ । 

एक्रेलिक, तैल र जलरङ कलर माध्यमका चित्रमा प्रकृति तथा महिलाका सौन्दर्य, रिस, खुशीलगायत विषय पनि आएको छ । हसनले यसअघि १५ मुलुकमा कला प्रदर्शनी गरिसक्नुभएको छ । वरिष्ठ कलाकार गोविन्दनारायण ज्यापुले प्रदर्शनीको उद्घाटन गर्नुभयो । 

नेपाल बाल वाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव केके कर्माचार्यले समाजमा शान्त र सौम्य वातावरण कायम राख्न हसनले बनाएका चित्रले प्रतीकात्मक सन्देश दिएको विचार व्यक्त गर्नुभयो । 

कलाकार हसनले हरेक समाजमा समयको प्रभाव पर्ने बताउँदै समयको परिवर्तनसँगै प्रकृतिमा आउने फेरबदलले मानिसलाई धेरै ज्ञान सिकाउने बताउनुभयो । कार्यक्रममा विवेक सिर्जनशील प्रकाशनले विजयराज आचार्यद्वारा लिखित ‘गुडनाइट’शुभरात्रि, रामकुमार पाँडेको ‘सङ्ग्रालो’किशोर कथासङ्ग्रह र विनय कसजुका ‘किशोर कथा’ र ‘स्मार्ट टिन्स’फुर्तिला किशोरहरु को विमोचन गरिएको थियो । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया