MENU

समाज

लैंगिक समानताका लागि स्थानीय सरकारको भूमिका सम्बन्धी आधारभूत तालिम बर्दिबासमा

महोत्तरी, मंसिर १३ – नव निर्वाचित जनप्रतिनिधि महिलाका लागि कानुनी प्रावधान र लैगिंक समानताका लागि स्थानीय सरकारको भूमिका विषयक आधारभू तालिम महोत्तरीको बर्दिवासमा सुरु भएको छ । साथी संस्थाको सहयोगमा महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिवासले दुई दिने तालिमको आयोजना गरेको हो । 

तालिममा बर्दिवास नगरपालिकाकी उपमेयर कृष्णमाया गौतम हित १४ वटा वडाबाट निर्वाचित वडा सदस्य र गौशला नगरपालिका ८ वडाबाट निर्वाचित महिला वडा सदस्यसहित ३२ जनाको सहभागिता छ ।

स्थानीय सरकारमा बन्ने न्यायीक समितिमा रहेर काम गर्न सहज होस भन्ने उदेश्यले कानुनी प्रावधानहरु जानकारी गराउन तालिमको आयोजना गरीएको महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिवासकी अध्यक्ष सारदा दाहालले बताउनुभयो । बर्दिवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रमपछि सुरु भएको तालिम बुधबार सकिने छ ।

नवनिर्वाचित जनप्रतिनिधि महिलाहरुको सहभागिता रहेको आधारभूत तालिमलाई साथीको आस्था परियोजनाका कार्यक्रम प्रबन्धक तथा अधिवक्ता इमान सुनुवारले सहजिकरण गरिरहनुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया