MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

सामसङले ल्यायो ग्यालेक्सी ट्याब ए २०१७ : यस्ता छन् विशेषता

काठमाडौं, मंसिर १४ –विश्वकै सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ग्यालेक्सी ट्याव ए २०१७ नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ट्याब ए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । यसमा ८ इन्चको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा तपाइको इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्छ । 

यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो, ग्यालेक्सी ट्याव ए २०१७ मा शानदार ८ इन्चको ४ सय ८० निट ब्राइट डिस्प्ले रहेको छ । जसले गर्दा बाहिर घाममा पनि सहजै रुपमा देख्न सकिन्छ । लामो समयसम्म चल्ने ५ हजार एमएच ब्याट्री जसले मल्टीमिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । ग्यालेक्सी ट्याव ए २०१७ मा सामसङको उत्कृष्ट फिचर बिक्स बी होमपनि समावेश गरिएको छ । जसबाट उपभोक्ताहरुले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनि कुरा सहजै खोज्न सक्ने कम्पनीले जनाएको छ ।

सामसङ नेपालका प्रमुख श्रीप्रणय रत्न स्थापितले भन्नुभयो “हामीले उपभोक्ताद्वारा प्राप्तभएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रित रहेका छौ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ । ग्यालेक्सी ट्याव ए ले नेपालमा पनि आफ्नो मजबूत पकड जमाउन मद्दत गर्ने छ” ।

यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ड हो जुन पूर्ण रुपमा सुरक्षित छ र बच्चाहरुले खेल्दा खेल्दै सिक्न सक्दैनन् । किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनको गेमहरुद्वारा सुसज्जित छ । जसमा हरेक महिना नयाँनयाँ विषयहरु समावेश गरिन्छ । यो सुविधा अभिभावकद्वारा फोनलाई नियन्त्रित गरिएको अवस्थामा पनि आपूmखुसी क्यारेक्टर, गेम तथा अन्यविषयहरु हेर्न मिल्ने बनाउन सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा बिताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ । 

स्मुथएजयुक्त गेलेक्सी ट्याब ए २०१७ सहजै रुपमा हातमा लिन सकिन्छ यसको मेटल व्याकले आकर्षक देखिएको छ । यसको तौल मात्र ३ सय ६४ ग्राम छ । यसमा सामसङका लोकप्रिय फिचरहरु समावेश गरिएका छन् । जस्तै १० ब्लुलाइट फिल्टर जसले ब्लुलाइट एमिशनकम गरी निद्रालाई बाधा पैदा गर्दैन । 

२० स्मार्टभ्यू जसले टिभिमा वायरलेस कनेक्ट गरी ठूलो पर्दामा, भिडियो, फोटो या अन्य सामग्री हेर्न सकिन्छ । ३० सामसङ फ्लो जसले अन्यग्यालेक्सी डिवाइसहरुसँग जोड्न र स्वीच गर्ने काम गर्दछ । ४० गेम लन्चर जसले गेमहरुको लागि सम्पूर्ण रुपमा  नियन्त्रण राख्दछ । गेम लन्चरकासाथ सबै गेमहरु एकै ठाउँमा देख्न सकिन्छ, खेल्दै गर्दाको समयमा अलर्टलाई बन्द गर्न र अन्य बटनहरुलाई निष्कृय गर्न सकिन्छ । यसले गर्दा बिना कुनै रुकावट गेममा केन्द्रित हुन सकिन्छ । 

क्वालकाम प्रोसेसर (१.४ गिगाहट्र्ज क्वाड) २ जिबी ¥याम, तथा १६ जिबि को आन्तरिक मेमोरी (माइक्रो एस डि मार्फत २ सय ५६ जिबि सम्म बढाउन सकिने) रहेको छ । यो एन्ड्रोइड नोगाटा अपरेटिङ सिस्टमबाट चल्दछ । यसका साथै ८ मेगापिक्सल (एफ १.९) को एलइडि फ्ल्यासले हरेक पललाई विशेष बनाउँन मद्दत गर्दछ ।

ब्राइट लेन्स तथानयाँ फ्ल्यासले गर्दा कमउज्यालोमा पनि आकर्षक फोटो खिच्न सकिन्छ, साथै एचडीआर मोडमा पनि फोटो शानदार निकाल्न सकिन्छ ।  ग्यालेक्सी ट्याब ए २०१७ नेपाली बजारमा २८ हजार ९ सय ९० रुपैयामा उपलब्ध रहेको छ । यो आकर्षक ब्ल्याकरंगमा मात्रै उपलब्ध छ ।  

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया