MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

​नेपाली बजारमा आयो आइफोन टेन

काठमाडौं, मंसिर १५– आजदेखि नेपाली बजारमा आइफोन टेन सार्वजनिक भएको छ । नेपाली प्रयोगकर्ताका लागि आजदेखि नेपाली बजारमा आइफोन टेन उपलब्ध छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन शुक्रबारबाट नेपालमा सार्वजनिक गरेको छ । 

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले वर्षौदेखि नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । 

आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २ सय ५६ जिबी स्टोरेजमा मात्र उपलब्ध छ, भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आएको छ । अर्ध वार्षिकमा एकजना भाग्यशाली विजेताले लक्की ड्रमार्फत स्कूटर जित्न सक्नेछन् ।

यो अफरमा सहभागी हुनका लागि ग्राहकहरुले जेननेक्स्टको वेवसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।
नेपाली बजारमा आइफोन टेन ६४ जिबीको मूल्य १ लाख ३८ हजार र २ सय ५६ जिबीको मूल्य १ लाख ५९ हजार तोकिएको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया