समाज
निजी क्षेत्रका इञ्जिनियर भूकम्पीय जोखिमबारे जिम्मेवार हुनुपर्ने
- Saturday, Dec 02, 2017
- 06:36 AM ( 5 months ago )
- Total Views: 1.2 K
काठमाडौं, मंसिर १६ – निजी तवरबाट घरको नक्सा बनाउने इञ्जिनियरलाई भूकम्पीय जोखिमबारे जिम्मेवार रहन आवश्यकता रहेको औँल्याइएको छ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको इञ्जिनियरको तीनदिने तालिमको समापन कार्यक्रममा शुक्रबार प्रशासकीय अधिकृत धनीराम शर्माले शहरमा निर्माण हुने अधिकांश भवनको नक्सा निजी क्षेत्रका इन्जिनियरले बनाउने हुँदा भूकम्पीय जोखिमबाट घट्ने घटना कम गर्नका लागि उनीहरुलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभएको हो ।
इन्जिनियरलाई भवन निर्माण संहिताका बारेमा जानकारीसमेत नहुने हुँदा भवन निर्माण गर्ने व्यक्तिले त्यस बारेमा पनि ध्यान दिन आवश्यक रहेको सहभागीको भनाई थियो । ललितपुर महानगरपालिका इञ्जिनियर प्रदीप पौडेलले नगरपालिकाका इञ्जिनियर जिम्मेवार हुने अरु परामर्शदाता र निजी क्षेत्रबाट काम गर्ने इञ्जिनियरले मापदण्ड विचार नगर्ने हो भने समस्या समाधानमा कठिन हुने छ ।
तालिममा २०७२ सालको भूकम्पले पारेको प्रभाव र पुनर्निर्माणका प्राथमिकता, जापानको याकोहामा नगरको एकीकृत शहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौती, जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचनासम्बन्धी व्यवस्था विषयमा छलफल भएको थियो । तालीममा राजधानीका दुई महानगर र नगरपालिकाका ५० जना इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।
भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण र सम्भावित भूकम्पीय क्षति न्यूनीकरणका लागि काठमाडौँमा बसेर काम गरिरहेका इञ्जिनियरको क्षमता विकास गर्ने विषयमा जापानको याकोहामा र कामपाबीच २०७३ असार १७ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस
सम्बन्धित सामग्रीहरु
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
-
गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
बाँके, वैशाख ११ – नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
-
घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
वैशाख ११ – चार महिना अघिमात्रै मलेसिया आएका एक नेपाली समस्या परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का प्रदिप बिकलाई बिरामी पर्दा कम्पनीले उपचार नगर्ने र घर फर्किन खोज्दा पनि नदिने गरिपछि उहाँ समस्यामा पर्नुभएको हो ।
-
चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
खोटाङ, वैशाख ११ – जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा रासायनिक मल युरिया मिसावट भएको भन्दै सिलबन्दी गरिएको पसलबाट चिनीको नमुना संकलन गरेको छ ।
-
३३ किलो सुन तस्करी प्रकरण, २३ जनामाथि अनुसन्धान हुँदै
मोरङ, वैशाख ११ – सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गइरहेका बेला मोरङ प्रहरीले आज एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस