MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

म्याग्दीका पाँच ठाउँमा टेलिकमको बिटिएस थपियो

म्याग्दी, मंसिर १७ –नेपाल टेलिकमले दुर्गम क्षेत्रका सर्वसाधारणलाई घरदैलोमै सञ्चारको पहुँच उपलब्ध गराउने उद्देश्यले पछिल्लोपटक म्याग्दीमा बिटिएस टावर थप गरेको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लाका विभिन्न पाँच ठाउँमा मोबाइल सेवाको बिटिएस स्थापना गरिएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय जिल्ला शाखा म्याग्दीले जनाएको छ । 
 
जिल्लाको उत्तरी रघुगंगा गाउँपालिकाको पाखापानी र बेगखोला, पश्चिम म्याग्दीमा मंगलाको बाबियाचौर र अर्मन, मालिकाको ओखरबोट तथा रुम गाउँमा बिटिएस स्थापना गरी सञ्चालन गरिएको टेलिकमले जानकारी दिएको छ । टावर स्थापना गरी सञ्चालनमा ल्याइएका बिटिएसमध्ये बाबियाचौरको बिटिएसमा भने व्याकअप नहुँदा आगामी एक हप्ताभित्र विद्युत जडानगरी सञ्चालनमा ल्याइने नेपाल टेलिकम म्याग्दीका शाखा प्रमुख विष्णुदेव शाहले बताउनुभयो । 
 
उहाँका अनुसार अन्य ठाउँमा टावर जडानलगत्तै मोबाइल सेवा सञ्चालनमा आइसकेको छ । यसैगरी मुना, बराङ्जा र ज्यामरुककोटमा चालु वर्षभित्रै थप बिटिएस स्थापना गरी मोबाइल सेवालाई अझै गुणस्तरीय बनाइने शाखा प्रमुख शाहले जानकारी दिनुभयो । हाल म्याग्दीको सदरमुकाम बेनीबजार, पर्यटकीय क्षेत्र राम्चे, घोरेपानी, दोवा, पुलाचौर, रुम, बराङ्जा, राखुभगवती, टोड्के, शिखघार लगायतका क्षेत्रमा थ्रीजी सेवा सञ्चालनमा आएको छ । 
 
त्यस्तै ताकम, दाना, अर्मन, पाखापानी, ओखरबोट, बेगखोला र बाबियाचौरमा इन्टरनेटका लागि टुजी सेवा विस्तार गरिएको शाखा प्रमुख शाहको भनाई छ । पहिलो चरणमा टावर सञ्चालन गरिएका बिटिएसमा टुजी तथा विद्युत जडान गरिएका टावरमा थ्रीजी सेवा सञ्चालन गरिएको छ । टावर नपुगेका ठाउँमा टावरको स्थापना गर्ने र टावर स्थापना भई सञ्चालनमा आएका ठाउँहरुमा इन्टरनेट सेवा पनि विस्तार गर्ने जनाइएको छ ।
 
२०६८ सालको जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या १ लाख १३ हजार ६ सय ४१ रहेकोमा चालु वर्षको असोज मसान्तसम्म जम्मा ८८ हजार ९ सय ८२ अर्थात् ७८ दशमलव ३ प्रतिशतमा सञ्चारको पहुँच पुगेको टेलिकमको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया