MENU

साहित्य/ कला

ujyaalo forign call inside

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

काठमाडौं, मंसिर १७ – नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा मंसिर १९ गते मंगलबार प्रदान गर्ने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ । 

त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने कोषका महासचिव उषा शेरचनले जानकारी दिनुभयो । रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया