MENU

समाज

इन्जिनियरलाई ईश्वर र कुलदेवताको नाममा शपथ

काठमाडौं, मंसिर १७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाका स्थानीय तहमा इन्जिनियर तथा सव–इन्जिनियर खटाएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लिएको परीक्षामा उत्तीर्ण भएका मध्ये पहिलो चरणमा ३ सय ७४ जना इन्जिनियर र ३ सय ९१ सव–इन्जिनियर खटिएका हुन् । उनीहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ईश्वर र कुलदेवताको नाममा शपथ गराउनुभयो ।

भुसालले नवनियुक्त प्राविधिकलाई मानवीय सेवामा पक्षपात नगरी काम गर्न समेत इन्जिनियर, सव–इन्जिनियरलाई आग्रह गर्नुभयो । साथै सिइओ भुसालले पक्षपात रहित भएर पुनर्निर्माणको काम गर्न निर्देशन समेत दिनुभयो । सपथ कार्यक्रममा भुसालले भूकम्प प्रभावित नागरिकको आँसु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्यक्षेत्रमा प्रभावकारी काम गर्न आग्रह समेत गर्नुभयो । 

इन्जिनियरको सुरक्षाका लागि बिमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मेवारी सरकारले गर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभएको छ । भूकम्प प्रभावित ३१ जिल्लाका २ सय ८२ वटा स्थानीय तहमा परिचालन भएका प्राविधिक इन्जिनियरले हरेक वडामा घर पुनर्निर्माणका लागि सहयोग गर्नेछन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया