MENU

राजनीति

Ncell Axiata
NIC Asia

बम विष्फोटबाट गगन थापा घाइते, अस्पतालबाहिर शुभचिन्तकको भिड

काठमाडौं, मंसिर १८ – काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते हुनुहुन्छ ।

चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।

थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चुनावी प्रचारप्रसारमा रहेका थापामाथि अाक्रमण भएपछि अहिले शिक्षण अस्पताल बाहिर शुभचिन्तकको भिड लागको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया