MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

फेसबुकले ल्यायो नयाँ एप्लिकेशन, १३ वर्षमुनिका बालबालिकाले च्याट गर्न पाउने

मंसिर १९ – फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ ।

फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । तर यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ । यसबाट बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ । 

यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन । अभिभावकले मात्र साथीसँग जोडिदिन र म्यासेज डिलेट गरिदिन सक्छन् । बच्चाहरुले छुट्टै एकाउन्ट पनि बनाउन सक्दैनन, त्यो अभिभावकको फेसबुक एकाउन्टमा जोडेर (कनेक्ट गरेर) चलाउनुपर्छ ।

अभिभावकले च्याट एप्लिकेशनमा फेसबुक एकाउन्टको सूचना जोडिदिएपछि च्याट एप्लिकेशन खुल्ने छ र बच्चाको प्रोफाइल जोड्नुपर्छ । यसपद्धि अभिभावकको निगरानीमा बालबालिका च्याट गर्न, भिडियो हेर्न र साथीसँग जोडिन सक्छ । यो एप्लिकेशन आइओएसमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सूर्य जस्तै ८ ग्रहले घेरिएको तारा भेटियो

    मंसिर २९ – अमेरिकी अन्तरिक्ष निकाय नासाले सौर्यमण्डल जस्तै ८ वटा ग्रहले घेरिएको तारा पत्तालगाएका छन् । नासाका अनुसन्धानकर्ताले अन्तरिक्षमा पृथ्वीसहितका ८ ग्रहले सूर्यलाई परिक्रमा गर्ने जस्तै गरी ८ ग्रहले घेरिएको तारा पत्तालगाएका हुन् ।

  • अाज राति उल्का वर्षा हुने

    काठमाडौँ, मंसिर २८ – मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा बिहिबार राति बढी सक्रिय हुने भएको छ ।

  • अब एनसेलको रिचार्ज अनलाइनबाट पनि

    काठमाडौं, मंसिर २६ –निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया