MENU

राजनीति

Ncell Axiata
NIC Asia

​झापामा १०५ वर्षीय वृद्धद्वारा मतदान

झापा, मंसिर २१ – झापामा १०५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाका हरिप्रसाद वाग्लेले मतदान गर्नुभएको हो ।

उहाँले बुद्धशान्ति गाउँपालिका १ नमुना मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि उहाँले अब सबै राम्रो होस भन्ने कामना गर्नुभएको छ । १०७ वर्षीय जहानीय राण शासनको समेत अनुभव बोकेका वाग्लेसँग प्रजातन्त्र, राजतन्त्र र गणतन्त्रको समेत अनुभव छ ।

यसअघि उहाँले दुई वटै संविधानसभा चुनाव र स्थानीय निकायको चुनावमा पनि मतदान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया