MENU

विचार/अनुभूति

किन हार्यो कांग्रेसले ?

इन्द्रलाल शर्मा

नेपाली कांग्रेस नेपालको पुरानो मात्र होइन विश्वेश्वरप्रसाद कोइराला जस्ता महान राजनीतिज्ञको नीति र सिद्धान्तका मूल्य र मान्यतामा स्थापित पार्टी पनि हो । नेपाली कांग्रेस २००७ साल, २०३६ साल, २०४६ र २०६३ सालका राजनीतिक आन्दोलनमा नेतृत्व गरेको पार्टी पनि हो । यो पार्टी २०४६ सालदेखि २०७४ सम्म धेरै पटक सरकारको नेतृत्व गरेको पार्टी र त्यसमापनि २०७४ को आम चुनावमा सरकारको नेतृत्व गरेको पार्टी पनि हो । 

तर यसपटकको चुनावको जुन नतिजा आएको छ त्यो नेपाली कांग्रेसको दुर्भाग्य हो । नेतृत्व तहमा बस्नेले अरुको कुरा सुन्नुपर्छ भनेर कानमा कपास कोचेपछि हामी जस्ता प्रजातन्त्रको  शुभेच्छक सामान्य व्यक्ति (जसलाई भुसुनाको रुपमा हेर्ने चलन छ ) राम राम भन्नु बाहेक अरु के पो गर्न सकिदो रहेछ र ? 

मेरो अनुभव र मेरो बुझाइ अनुसार नेपाली कांग्रेसले लज्जास्पद हार वेहोर्नुका कारणहरु यसप्रकार छन्

१) काठमाडौंको बसाइ जिल्लाको राजनिति

चुनाबमा जितेर आउने र जिल्ला नफर्कने, फर्केपनि कुनै चाडपर्वको मौका पारि १÷२ दिनको लागि मात्र जिल्लाको सदमुकामसम्म वा आफनो घर इलाकासम्म पाइला राख्ने । आफनो जिल्लाको बारेमा आफना पिछलग्गुलाई काठमाडौमा वा जिल्ला सदरमुकाममा बोलाउने र उनीहरुको मात्र कुरा सुन्ने र त्यहि अनुसार काम गर्ने ।

२) ईमान्दार कार्यकर्ताको न छनोट न रेकर्ड 
पार्टी भित्र ईमान्दार,योग्य, सक्षम कार्यकर्ताको छनौट र रेकर्ड नराख्ने र उनीहरुको सहि मूल्याङ्कन नगर्ने ।

३) हचुवाको भरमा सक्रिय सदस्यता वितरण
पार्टीभित्र ईमान्दार, योग्य, सक्षम कार्यकर्तालाई सक्रिय सदस्यता नवाँडेर आफना नजिकका कार्यकर्तालाई सक्रिय सदस्यता वितरण गर्ने ।

४) राम्रो होइन हाम्रो मान्छेलाई टिकट वितरण 
प्रजातान्त्रिक परीपाटीलाई ध्यानमा राख्दै निष्पक्ष प्रजातान्त्रीक निर्वाचन प्रणालीद्वारा गाउ, नगर, जिल्ला, केन्द्रको चयन नगर्ने, आफु खुशी आफना व्यतिmलाई पदमा राख्ने जस्को कारणले गर्दा विभिन्न चुनाबमा टिकट पाउन योग्य व्यक्ति पाखा लाग्ने र हार्ने व्यक्तिले टिकट पाउने ।

५) सिद्धान्त भन्दा पैसा ठूलो
योग्य, सक्षम प्रजातान्त्रिक सिद्धान्तनिष्ठ, वैचारिक अविचलित व्यक्तित्वलाई टिकट नदिई  पैसावाल व्यक्तिलाई टिकट वितरण गर्ने ।

६) टिकटमा भागवण्डा
केन्द्रिय पदाधिकारी गुट उपगुटमा बाँडिने र आआफना पिछलग्गुलाई टिकट दिलाउने जस्ले गर्दा राम्रा योग्य व्यक्तिहरु पाखा लगाउने, बागी उठ्न वा चुनावमा निस्कृय बन्न बाध्य बनाउने । 

७) अरुको कुरा नसुन्ने
निर्वाचनमा बागी उम्मेदवार उठ्ने, निष्कृय भएर भोट नहाल्नेको कारण खोज्नतिर नलागि उल्टो उनीहरुलाई कार्वाहि गर्नेतिर लाग्ने ।

८) जनताको चाहानाप्रति वेवास्ता
जनताको चाहानातिर पटकै मतलव नराख्ने उनीहरुको इच्छा विपरित काम गर्ने ।

९) व्यक्तिपिच्छे अलगअलग भनाई
केन्द्रियस्तरका नेताहरु पार्टीको मूल सिद्धान्त र निर्णयलाई लिएर जनताको सामु एकमुख भएर बुझाउनुको सट्टा आआफनो विचार अनुसार फरकफरक वोली जनतामा संप्रेषण गर्ने । 

१०) अनावश्यक काममा हात हाल्ने 
भ्रष्टाचारी, घुसखोरीका विरुद्ध र पार्टीभित्रका केही व्यक्तिले समय समयमा गलत काम गरे भनेर जनमानसमा उठेको आवाजविरुद्ध ठोस निर्णय गर्न नसक्ने तर प्रधानन्यायाधिसकाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने, प्रहरी महानिरीक्षकको विवादास्पद नियुक्तिमा हात हाल्ने, मन्त्रीको संख्या बढाउने जस्ता काम गरेर आलोचित हुने ।

११) पार्टीलाई निजि सम्पति सम्झने
नेपली कांग्रेस संथागत पार्टीको रुपमा विकसित नभै आफनो घरको रुपमा संचालन हुदै आएको जस्तो देखिनु । 

१२) पैसा र शक्तिप्रति वढि आशक्ति
नागरिकको सेवामा लाग्नु भन्दा पैसा पाइने ठाउँतर्फ वढि आशक्त हुने, सधै शक्ति र आडम्वरमा बस्न रमाउने । राजनीतिलाई नाफा कमाउने प्रवृतिका रुपमा प्रयोग गर्न खोज्ने ।

१३) आडम्वर र घमण्डी प्रवृति 
नेतृत्व तहमा पुगेपछि बुद्धिजिविसंग पार्टीको संचालन लगायत जनताका आवाज, इच्छा, आकांक्षा वारेमा छलफल गर्नुको साटो वृद्धिजिवीहरु नै आफनो चाकडी गर्न आउन भन्ने प्रवृति देखिनु ।

अब के गर्ने ?

नेतृत्वले यस्तो लज्जास्पद हारको नैतिक जिम्मेवार लिनुपर्छ र यो पार्टीलाई उच्चस्तरको प्रमुख पार्टीको रुपमा विकसीत गर्न  पार्टीभित्र एउटा उच्चस्तरीय आयोग गठन गरेर गाउँदेखि   केन्द्रसम्मको पूनमूल्याङ्कन र पार्टी संगठनको पूननिर्माण गरिनुपर्छ । गलत व्यक्तिलाई संगठनबाट यथाशिघ्र हटाएर राम्रा, सक्षम, योग्य व्यक्तिलाई स्थान दिएर पार्टीलाई एउटा ठुलो असल प्रजातान्त्रीक पार्टीको रुपमा निर्माण गरिनुुपर्छ ।

अर्को कुरा, वर्तमान पार्टीको गतिविधि प्रति असन्तुष्टि जनाई स्वतन्त्र बसेका, निस्कृय भएका र अर्को पार्टी खोलेर बसेका नेपाली कांग्रेसका पुराना व्यक्तिलाई योगदानका आधारमा पार्टीमा उचित स्थान दिएर नेपाली कांग्रेस पार्टीभित्र फर्कन आह्वान गनुपर्छ ।

(शर्मा लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेर सेवा निवृत हुनुभएको हो )

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया