MENU

साहित्य/ कला

ujyaalo forign call inside

प्रेम प्यासीको ‘आँसुका थोपा’ सार्वजनिक

तेह्रथुम, २८ मंसिर –कवि प्रेम प्यासीको पहिलो साहित्यिक कृति ‘आँसुका थोपा’ शोक काव्य बिहीबार सार्वजनिक भएको छ ।

तेह्रथुम साहित्य प्रतिष्ठानले प्रकाशन गरेको शोक काव्य तेह्रथुमका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले लोकार्पण गर्नुभएको हो । 

कवि प्यासीले यो कृति म्याङलुङ्ग नगरपालिका–३, नागदह बस्ने स्व.रामकुमारी रसाइलीको स्मृतिमा लेख्नुभएको हो । प्रतिष्ठानले स्व.रसाइलीको पहिलो वार्षिकीको अवसमा उहाँकै निवासमा कार्यक्रमको आयोजना गरी शोक काव्य लोकार्पण गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खनालसहित प्रतिष्ठानका सल्लाहकार तथा कवि उमानाथ भट्टराई, कवि गोविन्दराज श्रेष्ठ, प्राध्यापक यजुर्वेदानन्द भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष तुलसी रिमाल र स्व.रसाइलीका श्रीमान रामलाल रसाइलीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो । 

पुस्तकमाथि प्राध्यापक यजुर्वेदानन्द भट्टराईले चर्चा गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खनाल, कवि उमानाथ भट्टराई, गोविन्दराज श्रेष्ठलगायतले प्यासीको काव्यमा समेटिएका विषयवस्तुबारे चर्चा गर्दै यस कृतिलाई शोक काव्यमालाको एउटा श्रृङ्खला भएको धारणा राख्नुभयो । जिल्लामा पछिल्लो समय साहित्यिक गतिविधि सुस्ताउँदै गएको भन्दै त्यसलाई चिर्नसमेत यो कृति प्रकाशनले सहयोग पु¥याएको वक्ताहरुको जोड थियो । 

यस्ता गतिविधिलाई निरन्तरता दिनसमेत उनीहरुले सुझाव दिएका छन् । ६० पृष्ठ रहेको यस काव्यमा २ सय १२ वटा श्लोकहरु समेटिएका छन् । पुस्तकको मुल्य १ सय ५१ रुपैयाँ रहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया