MENU

राजनीति

Ncell Axiata
NIC Asia

रुपन्देहीमा समानुपातिक तर्फ प्रतिनिधिसभामा कांग्रेस ठूलो दल

रुपन्देही, मंसिर २९ – प्रत्यक्षतर्फ रुपन्देहीमा दोश्रो बनेको नेपाली कांग्रेस समानुपातिक निर्वाचन प्रणाली तर्फ भने जिल्ला कै पहिलो दल बनेको छ । वामगठबन्धकै दल माओवादी केन्द्र भने रुपन्देहीमा पाचाैँ स्थानमा रहेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार एमाले भन्दा १ हजार ७४४ मत बढि ल्याएर कांग्रेस समानुपातिक तर्फ पहिलो दल बनेको हो ।
प्रत्यक्षतर्फ भने प्रतिनिधि सभाका पाँच क्षेत्र मध्ये ३ क्षेत्र जित्दै एमाले पहिलो दल बनेको थियो । नेपाली कांग्रेसले

प्रतिनिधिसभाका २ क्षेत्र जितेका थिए । प्रतिनिधि सभामा समानुपातिक तर्फ नेपाली कांग्रेसको १ लाख १५ हजार ३२९ आएको छ भने एमालेको १ लाख १३ हजार ५८५ मत आएको छ । संघिय समाजवादी फोरमले ३७ हजार २९७ मत ल्याएको छ भने राजपाले २० हजार ५८३ मत ल्याएको छ । माओवादी केन्द्रले १८ हजार २९४ मत ल्याएको छ ।

प्रदेशसभमा भने कांग्रेसले भन्दा एमालले बढि मत ल्याएको छ । एमालेको १ लाख ५ हजार ५३१ मत आएको छ भने नेपाली कांग्रेसको १ लाख ३ हजार ६९ मत आएको छ । संघिय समाजवादी फोरमले ३४ हजार ७० तथा माओवादी केन्द्रले २० हजार ५०६ मत ल्याएका छन् । माओवादी केन्द्रले रुपन्देहीमा प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा बढि मत ल्याएको छ । राजपाले प्रदेशसभा तर्फ समानुपातिकमा १७ हजार ७५९ मत ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया