MENU

राजनीति

Ncell Axiata
NIC Asia

तेह्रथुममा एमालेको निरन्तर जीत

तेह्रथुम, मंसिर २८ – २०४६ पछि भएका सबै चुनाव जित्दै आएको नेकपा एमालेले यस पटकको प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि जितेको छ । एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा पनि सबै क्षेत्रमा क्लीन स्वीप गरेको छ ।

जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । ०४९, ०५४, ०५६ र ०७० को चुनाव पनि एमालेले नै जितेको थियो । प्रतिनिधि सभामा एमालेबाट तेश्रो पटक उम्मेदवार बनेका भवानीप्रसाद खापुङ दोश्रो पटक विजयी हुनुभएको हो ।

प्रदेश सभातर्फ पनि नेकपा एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी हुनुभयो । प्रतिनिधि सभातर्फ विजयी खापुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गर्दै निर्वाचित हुनुभयो । खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी गुरुङले १९ हजार ३ सय १४ मत पाउनुभयो ।

यस्तै प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा विजयी तिवारीले कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गर्नुभयो । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्नुभयो भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गर्नुभयो प्रदेश सभा (ख) मा विजयी कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरे भने सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया