MENU

राजनीति

Ncell Axiata
NIC Asia

तेह्रथुममा एमाले र कांग्रेसबाहेक सबैको जमानत जफत

प्रकाश धौलाकोटी/उज्यालो

तेह्रथुम, मंसिर २९ – तेह्रथुममा मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा चुनावका २२ जना उम्मेदवारको जमानत जफत भएको छ । विजयी उम्मेदवारसहित प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार गरी छ जना बाहेक सबै उम्मेदवारले जमानत गुमाएका हुन् । जिल्लाबाट प्रतिनिधि सभातर्फ ११ जना र प्रदेश सभातर्फ दुई क्षेत्रका १७ जना गरी २८ जना उम्मेदवार थिए ।

जमानत जफत बाट १ लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।प्रतिनिधि सभाको जमानतबाट एक लाख र प्रदेश सभाको जमानत जफतबाट ८२ हजार ५ सय रुपैयाँ सकलन भएको हो ।

कसको जमानत जफत भयो ?

प्रतिनिधि सभातर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंंकरमान लिम्बु, नेकपा मालेका डिल्लीबहादुुर बुढाथोकी र संघीय समाजवादी फोरमका तुलसी प्रसाद अधिकारीको जमानत जफत भएको छ ।

यस्तै राष्ट्रिय जनमुक्तिका सागरनाथ रेग्मी, नयाँ शक्ति पार्टीका टंकबहादुर भट्टराई, राप्रपा राष्ट्रवादीका गौरीप्रसाद कन्दङवा, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी र मंगोल नेशनल अर्गनाइजेसनका गंगाबहादुर चोङबाङको पनि जमानत जफत भएको छ । उनीहरु मध्ये कसैले पनि १० प्रतिशत मत ल्याउन सकेका छैनन् ।

प्रदेश सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउनारायण सम्बाहाम्फे र विष्णुकुमार लिम्बु, संघीय समाजवादी फोरमका सुर्यबहादुर लिम्बु र मानध्वज सम्बाहाम्फे, नेकपा मालेका माधवप्रसाद दाहाल तथा नयाँ शक्ति पार्टीका विष्णुप्रसाद दाहाल र राजेन्द्र कन्दङवाको पनि जमानत जफत भएको छ ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका सुर्यबहादुर थापा र मानबहादुर लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनका डालेश्वर लिम्बु र डम्बरबहादुर लिम्बु तथा राप्रपा राष्ट्रवादीका धनराज कन्दङवा र यशोदादेवी कार्कीको पनि जमानत जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया