MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

जुनार उत्पादन घट्यो

दीपक भट्ट/उज्यालो ।

रामेछाप, पुस २ – रामेछापमा जुनार उत्पादनमा कमी आएको छ । केही वर्षअघिदेखि जुनार बगैँचामा किरा लाग्न थालेसँगै किसानहरु समेत निरुत्साहित भएका छन् । समयमा पानी नपर्नु र सरकारी क्षेत्रबाट प्राविधिक तथा आर्थिक सहयोग नभएका कारण रामेछापको जुनार उत्पादनमा कमी आएको हो ।

जिल्ला कृषि विकास कार्यालय रामेछापका अनुसार कृषकले जुनार  व्यवसायको संस्थागत विकासमा ध्यान दिनुको सट्टा समय नभईकन जुनार बजारमा बिक्री गर्नु पनि जुनार उत्पादनमा गिरावट आउनु अर्को कारण हो ।

रामेछापमा साविकका डेढ दर्जन गाविस व्यवसायिक जुनार उत्पादन क्षेत्रको रुपमा परिचित थियो । तर ति सबै ठाउँमा तुलनात्मक रुपमा जुनार उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्दकुमार मल्लले बताउनुभयो । उहाँका अनुसार गत वर्ष झण्डै १३ हजार १ सय ५७ मेट्रिक टन जुनार उत्पादन भएकोमा यस वर्ष त्यसमा कुल ११ हजार ८ सय मेट्रिक टन टन जुनार उत्पादन भएको मल्लले जानकारी दिनुभयो ।

कतिपय कृषकले जुनारमा लाग्ने संक्रमणको निवारण गर्ने उपाय थाहा नपाउँदा पनि उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया