MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

तराईमा आज पनि हुस्सु, चिसो अझै बढ्ने

काठमाडौं, पुस ३ – तराईमा सोमबार पनि हुस्सु लागेको छ । पूर्वी र मध्य तराईको तुलनामा अहिले  पश्चिम तराईमा बाक्लो हुस्सु लागेको मौसमविद सुवास रिमालले जानकारी दिनुभयो ।

पश्चिम तराईका जिल्लामा अझै चिसो बढ्ने सम्भावना रहेपनि पूर्वी र मध्य तराईमा दिउँसोपख घाम लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पश्चिम क्षेत्रमा अझै केही दिन हुस्सु लाग्नेछ ।

घाम लाग्ने सम्भावना कम भएकाले न्यानोका लागि आगो ताप्न र  बाक्ला कपडा लगाउन मौसमविदको आग्रह छ ।

काठमाडौं र आसपासका जिल्ल्मा पनि अहिले हुस्सु लागेको छ । तर विस्तारै हुस्सु हट्दै घाम लाग्ने मौसमविद रिमालले जानकारी दिनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया