MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीका लागि दौडधुप सुरु

विमल विष्ट/उज्यालो । 

डोटी, पुस ३ – प्रदेश नम्बर ७ मा समानुपातिकको मतगणना सकिएसँगै मुख्यमन्त्रीका लागि दौडधुप सुरु हुन थालेको छ । एमाले र माओवादी केन्द्रका सम्भावित नेता आ–आफ्नै पार्टीका शक्तिकेन्द्र धाउन थालेका छन् । प्रदेश नम्बर ७ को मतगणना सकिएसँगै समानुपातिक उम्मेदवारको जोडघटाउ पनि सुरु भएको छ ।

पछिल्लो परिणाम अनुसार प्रदेश नम्बर ७ मा समानुपातिकमा नेपाली कांग्रेस र नेकपा एमाले ८/८ सिट पाउने सम्भावना रहेको छ । माओवादी केन्द्रले ४ सिट, राजपाले १ सिट पाउने नतिजा आएको छ । यद्यपी सिटको बाँडफाँडको टुंगो भने लागेको छैन ।

एमालेले ८ सिट पाए पनि चुनाव अघि मुख्यमन्त्री भनेर प्रस्तावित गरिएका एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापा प्रदेशसभामा जाने सम्भावना न्युन देखिएको छ । प्रदेशसभामा ३३ प्रतिशत महिला सांसद हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले एमालेले जितेको सिटको ३३ प्रतिशत भनेको ८ सिट हुन्छ । एमालेले प्रदेशमा प्रत्यक्ष तर्फ १७ सिट जितेको छ । उसले ८ सिट पाए पनि सबै महिला पठाउनुपर्ने देखिन्छ ।

‘हुन त बाजुराबाट कर्णबहादुर थापाको नाम समानुपातिकको १ नम्बरमा छ, तर पुरुषका लागि सिटै नबच्ने भएकाले उहाँको सम्भावना न्युन भएको छ’ एमालेकै एकजना नेताले भने ‘यद्यपी अहिले नै समानुपातिक सिट बाँडफाँड गरिएका छैनन ।’ कर्ण थापाको सम्भावना न्युन भएपछि एमालेका दोस्रो पुस्ताका नेताहरु शक्तिकेन्द्रमा धाउन थालेको श्रोतले बतायो । 

बाजुराबाटै प्रत्यक्ष निर्वाचित प्रकाश शाह, एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका जिल्ला अध्यक्ष तारा लामा तामाङ र बझाङबाट प्रत्यक्ष निर्वाचित अर्जुन थापाको नाम चर्चामा आउन थालेको छ । ‘एमालेले प्रदेश नम्बर ७ मा प्रदेशतिर चुनाव लडाएका दुईजना डडेल्धुराबाट डाक्टर ताराप्रसाद जोशी र कैलाली १ बाट रेशम चौधरीका बुवा लालवीर चौधरी पराजित भएपछि एमालेबाट समानुपातिकमा पुरुषका लागि सिट नपुग्ने भएको हो ।

मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै हिँड्नु भएका कर्णबहादुर थापाले समानुपातिकमा गएर सामान्य गणितीय हिसाब पनि नगरेको धेरैले भन्न थालेका छन् । ‘कर्ण थापा एकजना पराजित हुने वित्तिकै पनि समानुपातिकमा पर्दैनन्, किनकी प्रत्यक्षमा पार्टीले महिला उम्मेदवार उठाएको छैन, यो हिसाब राखेर प्रत्यक्ष लडेको भए नि हुने थियो, तर अहिले उहाँको सम्भावना न्युन छ’ एकजना एमाले नेताले भने । चुनावअघि नेकपा एमाले र माओवादी केन्द्रबिच प्रदेशमा मुख्यमन्त्रीको सामान्य भागबण्डा भए अनुसार अहिलेसम्म यो प्रदेश एमालेको भागमा परेको छ । 

क्षेत्र नम्बर १, ३, ४ र ७ एमालेलाई दिने र प्रदेश नम्बर ५ र ६ माओवादीलाई दिने सहमति भएको थियो । क्षेत्र नम्बर ५ मा एमाले नेता शंकर पोखरेललाई नै मुख्यमन्त्रीका लागि अघि सारेर चुनावमा गएकाले त्यहाँ उहाँलाई रोकेर माओवादीलाई दिँदा नराम्रो हुने भन्दै एमालेका शीर्ष नेतृत्व प्रदेश नम्बर ७ र ५ को अदलाबदली गर्ने मनसायमा पुगेको एमाले स्रोतले जनाएको छ ।

तर क्षेत्र नम्बर ५ मा एमाले नेता शंकर पोखरेललाई नै मुख्यमन्त्रीका लागि अघि सारेर चुनावमा गएकाले त्यहाँ उहाँलाई रोकेर माओवादीलाई दिँदा नराम्रो हुने भन्दै एमालेका शीर्ष नेतृत्व प्रदेश नम्बर ७ र ५ को अदलाबदली गर्ने मनसायमा पुगेको एमाले स्रोतले जनाएको छ । प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीका दाबेदार पोखरेल अध्यक्ष ओली निकट मानिन्छन् । 

‘एमालेले प्रदेश नम्बर ५ मा शंकर पोखरलेलाई अघि सारेकाले यो प्रदेश माओवादीका भागमा पर्न सक्छ’ एमाले नेता महेश्वर पाठकले भन्नुभयो । माओवादीको भागमा आउने कुराले चर्चा पाएसँगै त्यसभित्र पनि सम्भावित उम्मेदवारले दौडधुप सुरु गरेका छन् ।

माओवादी केन्द्रबाट अहिले कैलाली ३ बाट प्रत्यक्षमा जितेका वीरमान चौधरीको नाम अग्रपंतिमा छ । थारु मुख्यमन्त्री भए यसअघिको अखण्ड र थरुहटको सामाजिक तुस पनि मेटिने भएकाले उहाँलाई बनाउनुपर्छ भन्नेहरुले पनि सामाजिक सञ्जाल रंगाएका छन् । तर माओवादी केन्द्रभित्र अछामबाट विजयी सांसद झपट बोहरा, डोटीबाट त्रिलोचन भट्ट, दार्चुलाबाट मानबहादुर धामीको नाम पनि चर्चामा छ । वीरमान माओवादी केन्द्रीय सचिवालय सदस्य हुन् भने धामी र बोहरा केन्द्रीय सल्लाहकार ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया