MENU

बातावरण-कृषि

सामुदायिक वनबाट वन्यजन्तु र जडीबुटी हराउँदै

श्यामशितल परियार/उज्यालो ।          

लमजुङ, पुस ३ – लमजुङका सामुदायिक वनहरुमा बहुमूल्य वन्यजन्तु र जडिबुटी हराउँदै गएको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ८ र ९ का बासिन्दाले सामुदायिक वनमा वन्यजन्तु र जडिबुटी हराउँदै गएको बताएका हुन् । वन तथा भू–संरक्षण मन्त्रालय तथा आईयुसिएन नेपालका परामर्शदातासंग भोटेओडारमा छलफल गर्दै उहाँहरुले यस्तो बताएका हुन् । 

सुन्दरबजार नगरपालिका वडा नम्बर ८ का लवराज ढकालले यहाँस्थित राईनेकाली, फेदीकुना, कुसुण्डे सामुदायिकलगायतका वनमा पहिले पाइने वन्यजन्तु र जडिबुटी अहिले पाइन छाडेको बताउनुभयो ।  चिल, कल्र्याङकुर्लुङ चरालगायतका अन्य थुप्रै चराचुरुङ्गी पनि जंगलमा पाइन छाडेको उहाँहरुले बताएका छन् । जंगलबाट जडीबुटी पनि हराउँदै गएको स्थानीयको भनाई छ । 

‘पहिले पहिले जंगल, भीरपाखामा गाईतारे प्रशस्त हुन्थे, मौरी पनि उत्तिक्कै पाइन्थे । त्यतिबेलाको महमा गाई तारेको स्वाद मिसिएको हुन्थ्यो, अहिले त गाईतारे पनि हराए, मौरी पनि मासिए,’ स्थानीय मेत रहेका राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीले भन्नुभयो । रासायनिक मलको उपयोग बिना खेती नै हुन छाडेको उहाँले बताउनुभयो । जिल्लामा प्रांगारिक मलको प्रयोग गरी खेती गर्नेको संख्या अन्गिन्ती छ ।

मुसा मार्न विष हाल्ने प्रवृत्ति बढेको र विष खाएर मरेको मुसा चिल, गिद्धले खाने हुँदा दिन प्रतिदिन चिल, गिद्ध पनि हराउँदै गएको स्थानीय बासिन्दा पूर्णकान्त सापकोटाले बताउनुभयो । 
जंगलमा पाइने वन्यन्तु, जडिबुटीको संरक्षणमा सम्बन्धित सबैले चासो दिनुपर्ने सुन्दरबजार नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कृष्णकान्त अधिकारीले बताउनुभयो ।    

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया