MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

सोलुखुम्बुमा आलु उत्पादन बढ्यो

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु, पस ३ – सोलुखुम्बुमा आलु उत्पादन गएको वर्षको तुलनामा बढेको छ । जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नेत्रबहादुर भण्डारीका अनुसार बाली लगाउने क्षेत्रफल घटे पनि उत्पाकत्व गएको वर्षको भन्दा बढेको छ ।

मौसमी अनुकुलता, कृषिको तालिम, मलखादको उचित प्रयोगले  आलुको उत्पादत्व सन्तोषजनक रहेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बर्खे आलु र हिउँदे आलु खेती हुने सोलुखुम्बुमा हिउँदे आलु खेती १२७ सय हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ । १२ मेट्रिक टन आलु प्रतिहेक्टर क्षेत्रफलमा यस वर्ष उत्पादन भएको भण्डारीले जानकारी दिनुभयो । गएको वर्ष १ हजार ४ सय ७३.२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष १ हजार ५ सय २४ मेट्रिक टन आलु उत्पादन भएको छ ।

यस्तैगरी १० हजार १२ हेक्टर खेतियोग्य जमिनमा बर्खे आलु खेती गरिँदै आएकोमा यस वर्ष प्रतिहेक्टर १५.९ मेट्रिक टन आलु फलेको छ । गएको वर्ष प्रतिहेक्टर १५.५ मेट्रिक टन मात्र आलु उत्पादन भएको थियो ।  गएको वर्ष १० हजार १८ हेक्टर क्षेत्रफलमा आलु खेती  लगाइएकोमा यस वर्ष  १० हजार १२ हेक्टर क्षेत्रफलमा मात्र आलु लगाइए पनि उत्पाकत्व भने गएको वर्षको भन्दा बढेको हो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया