MENU

बातावरण-कृषि

लमजुङमा सुन्तला उत्पादन घट्दै

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, पुस ४ –लमजुङमा बर्सेनि सुन्तला उत्पादन घट्दै गएको छ । साइट्रस डिक्लाइन’ रोगका कारण जिल्लामा सुन्तला उत्पादनमा भारी गिरावाट आएको हो ।

जिल्ला कृषि विकास कार्यालय लमजुङका अनुसार जिल्लामा गएको वर्ष ५ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा ४ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । तर यसवर्ष आधाले उत्पादन घटेको छ ।

‘यसवर्ष जिल्लामा २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । २ हजार टन मात्रै सुन्तला उत्पादन भएको छ । जिल्लामा वर्षेनी सुन्तला उत्पादन घट्दै गएको छ,’ जिल्ला कृषि विकास कार्यालय लमजुङका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार रोगका कारण सुन्तलाको बोट मर्दै गएको छ । बोट सुक्दै गएको छ । सुन्तला उत्पादन घट्दै गएसँगै यहाँका सुन्तला उत्पादक किसानमा निराशा छाएको छ । राज्यले सहयोग गरे आफूहरु सुन्तला उत्पादनमा लाग्ने कृषकहरु बताउँछन् ।

जिल्लाको बेसीशहर नगरपालिकास्थित स्याउत र धिमिरेलाई सुन्तला उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिन्छ । पकेट क्षेत्रमा समेत सुन्तलाको उत्पादन घट्दै गएको छ ।

ताघ्रिङ, गाउँशहर, सोतीपसलमा रहेका सुन्तला बगैँचामा भने सुन्तला उत्पादन राम्रो रहेको कार्यालयले जनाएको छ । किसानहरुले माटोको उपचार गरी स्वस्थ्य सुन्तलाको बिरुवा रोपी उचित सिंचाई र गोडमेल गर्न सके लमजुङमा सुन्तला उत्पादनको भविष्य अझै रहेको पनि अधिकारीले बताउनुभयो ।

यहाँ उत्पादित सुन्तला पहिले काठमाडौं, पोखरा, चितवनलगायतका शहरमा पुग्थे । अहिले बाहिरबाट यहाँ सुन्तला भित्रिने गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया