MENU

बातावरण-कृषि

इलामको खेतीयोग्य जमिनमा सिंचाईको समस्या

इलाम, पुस ४ – इलामको खेतीयोग्य जमिनको धेरै भागमा सिंचाईको अभाव रहेको छ । इलाममा खेतीयोग्य जमिनको १० प्रतिशत मात्र सिञ्चित क्षेत्र रहेको छ । जिल्लामा ६३ हजार २ सय ९७ हेक्टर खेतीयोग्य जमिन छ ।

यसमा वर्षैभरी सिञ्चित हुने जमिन ६ हजार ४ सय ८ हेक्टर (१० दशमलव २ प्रतिशत) रहेको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार आंशिक सिंचाई योग्य जमिन भने ४ हजार ५ सय हेक्टर (७ दशमलव १ प्रतिशत) रहेको छ ।

राम्रो सिंचाई सुविधा नहुँदा व्यवसायिक खेतीमा लाग्न समस्या भएको इलाम नगरपालिका ३ का सूर्य सापकोटाको गुनासो छ । उहाँका अनुसार सिंचाई गर्नको लागि डेढ घण्टा टाडाँबाट पानी ल्याउनु पर्दा बीच बाटोमै पानी सुक्ने समस्याले सिंचाईमा समस्या भएको छ ।

कृषि विकास कार्यालय इलामले सहकारी खेतीमा आधारित साना सिंचाई, सहकारी खेती स्कीम अन्तर्गतका साना सिंचाई कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो  । उहाँका अनुसार गएको आर्थिक वर्षमा ३० वटा सिंचाई योजना सञ्चालन भएका छन् । ३५ लाखको लगानीमा निर्माण भएका योजनाबाट २ सय ३४ हेक्टर जमिन सिञ्चित भएको कार्यालयको तथ्याङ्कमा छ । 

सहकारी खेतीमा आधारित साना सिंचाई कार्यक्रम अन्तर्गत ३ लाखको लागतमा एउटा योजना निर्माण भएको छ । यस योजनाबाट १७ दशमलव ५ प्रतिशत हेक्टर जमिन सिञ्चित भएको जनाइएको छ । सहकारी खेती स्कीम कार्यक्रम अन्तर्गत दुईवटा योजना निर्माण भएका छन् । ६ लाख रुपैंयाँको लागतमा निर्माण भएको यस योजनाबाट एक हजार ३ सय २५ हेक्टर जमिन सिञ्चित भएको छ ।

गएको आर्थिक वर्षमा २० वटा प्लाष्टिक पोखरी निर्माण भएका छन्  । निर्माण भएका पोखरीबाट ६ दशमलव २ हेक्टर जमिन सिञ्चित भएको छ । पोखरी निर्माणका लागी ४७ प्रतिशत जनश्रमदान लागेको थियो भने कृषिले ६ लाख रुपैयाँ लगानी गरेको थियो ।

चालु आथिर्क वर्षबाट जिल्लाका दश वटै स्थानीय तहमा सिंचाई योजनाका कार्यक्रम सुरु भएको छ । अब भने गाउँगाउँमा सिंचाई योजनाको पहुँच पुग्ने कृषि विकास कार्यालय इलामले जनाएको छ ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया