MENU

बातावरण-कृषि

ujyaalo forign call inside

किसानलाई च्याउको बिउ निशुल्क वितरण

जाजरकोट, पुस ५ – जाजरकोटको भेरी नगरपालिकामा उन्नतजातको च्याउको बिउ निशुल्क रुपमा वितरण गरिएको छ  । मंगलबारदेखि विरतण सुरु भएको  भेरी नगरपालिकाका स्टोरकिपर तुलाराम गिरीले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालय मार्फत भेरी नगरपालिकाले आफ्नो नगर भित्रका किसानलाई  च्याउखेती तर्फ आर्कषित गर्न पहिलोपटक निशुल्क रुपमा वितरण गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रशार अधिकृत मुकेश रामजालीले जानकारी दिनुभयो । 

जाजरकोट सदरमुकाममा च्याउको अत्याधिक माग हुने भए पनि स्थानीय उत्पादन कम भएकोले बजार र आम्दानी राम्रो देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यसपटक नगरपालिकाले नगर भित्र कृषि उद्योगमा सहयोग पुग्नेगरी च्याउ उत्पादनमा वृद्धि गर्न किसानलाई प्रोत्साहन स्वरुप बिउ निशुल्क वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रशार अधिकृत मुकेश रामजाली नेपालीको भनाई छ । 

जिल्लामा नै पहिलोपटक निशुल्क रुपमा च्याउको बिउ पाए पछि किसान निकै खुशी र च्याउप्रति आर्कषित भएको प्रतिक्रिया दिएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया