MENU

बातावरण-कृषि

Ncell Axiata

पश्चिमका केही ठाउँमा आज पानी पर्ने सम्भावना

काठमाडौं, पुस ५ – पश्चिमी क्षेत्रको एक दुई ठाउँमा बुधबार हल्का पानी पर्ने संभावना रहेको मौसमविदले बताएका छन् । दक्षिण–पश्चिमी वायु र दक्षिण–पूर्वी वायुको प्रभावले पश्चिमको एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार अहिले बदली भएको पश्चिमको मौसम दिनभर खुल्ने संभावना छैन । बिहीबारदेखि भने पश्चिमको मौसम केही खुल्ने उहाँले बताउनुभयो । यस्तै अहिले हुस्सु लागेको काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रको मौसम दिनभर आशिंक बदली हुने मौसमविद प्रधानाङ्गले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया