MENU

अर्थ

Ncell Axiata

व्यवसाय गरी खर्च जुटाउँदै महिला

कञ्चनपुर, पुस ५ – बेलडाँडी गाउँपालिका १ का महिला आत्मनिर्भर हुन थालेका छन् ।

घर खर्चका लागि श्रीमानकाे मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा आवद्ध भई बचत गर्न थालेका छन् । उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् । 

महिला विभिन्न समूहमा आबद्ध भई रकम बचत गरी सोही रकम ऋणका रुपमा परिचालन गरी आम्दानी गर्न थालेका छन् । सिद्धनाथ समूहमा आबद्ध सकुन्तला साउद लघुवित्त कार्यक्रममार्फत गठन भएको समूहले ऋण दिन थालेकाले घरमै बसी बसी आम्दानी गर्न सहज भएको बताउनुहुन्छ । 

सरस्वती साउदले ऋण निकालेर श्रीमानलाई वैदेशिक रोजगारमा पठाउनुभएको छ । समूहबाट ७० हजार र आफूसँग रहेको २० रकम खर्चेर श्रीमानलाई विदेश पठाएको उहाँले बताउनुभयो । उहाँले वैदेशिक रोजगारबाट कमाएको पैसा किस्ताका रुपमा समूहमा जम्मा गर्दै आउनुभएको छ । 

बेलडाँडी गाउँपालिका ४ का आरती केसीले समूहबाट रकम निकाली छोराका लागि कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । बेलडाँडी गाउँपालिका २ चन्दबस्तीकी जैमती पाण्डेयले बचत गर्दै आएको समूहबाट एक लाख ऋण झिकेर खाजा पसल सञ्चालन गर्नुभएको छ । घरमै बसी बसी आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ । 

समूहमा बचत गर्दै आएका महिलामध्ये धेरैले शैक्षिक कर्जासमेत लिएका छन् । समूहबाट ऋण लिएर भैँसी खरिद गरेका महिलाले नजिकैको चवन्नी बजारमा दैनिक दूध बेचेर आम्दानी लिँदै आएका छन् ।

लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी संस्थाका कार्यकारी प्रमुख मदन भट्टका अनुसार सहकारीले दैजी, बेलडाँडी, बेलौरी र वाणीमा शाखा कार्यालय सञ्चालन गरी लघुवित्त कार्यक्रमअन्तर्गत २०२ केन्द्रमा ८७८ वटा विपन्न समुदाय र आर्थिक रुपमा पछाडि परेका महिलाका समूह गठन गरिएकाे छ । गठित समूहमा तीन हजार ५१३ महिला आबद्ध छन् । 

समूहमा आबद्धमध्ये एक हजार ६५२ महिलाले समूहबाट ऋण निकाली आयआर्जका कार्यक्रम सञ्चलन गरेका छन् । १० करोड १४ लाख ६८ हजार रकम लगानी गरिएको भट्टले बताउनुभयो । व्यवसायको प्रकृतिका आधारमा समूहमा आबद्ध महिलालाई ५० हजारदेखि एक लाखसम्म ऋण उपलब्ध गराइँदै आएको छ । समूहमा आबद्ध महिलाले एक करोड १९ लाख ६३ हजार ३४० रकम बचत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया