MENU

अर्थ

Ncell Axiata
NIC Asia

सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन गरिने

काठमाडौं, पुस ५– सुजुकीको चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक बिक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल भर पुस ७ देखि ९ गते सम्म सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन गर्ने भएकोे छ । कम्पनीद्वारा प्रेसित विज्ञप्ति अनुसार ३ दिनसम्म चल्ने उक्त एक्स्चेञ्ज क्याम्प, कम्पनीका देशभर रहेका बिक्री केन्द्रमार्फत सञ्चालन गरिने छ । 

क्याम्पमार्फत कम्पनीले विशेष एक्स्चेञ्ज अफरका रुपमा छानिएका मोडलहरुमा ७५ हजार रुपैयाँसम्मको एक्स्चेञ्ज बोनसका साथै सुजुकीका मोडलहरुमा प्रतिस्पर्धात्मक छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ । उपभोक्तालाई थप सहजताको अनुभव दिने सोचका साथ कम्पनीले अनस्पट भ्यालुएसनका साथै अनस्पट फाइनान्स सुविधा पनि प्रदान गर्ने बताएको छ । विज्ञप्तिअनुसार क्याम्प अवधिभर पूराना कारका लागि उत्कृष्ट भ्यालुएसनका साथै सुजुकी ब्राण्डका चार पाङ्ग्रे सवारी साधन खरिद गर्ने उपभोक्तालाई उत्कृष्ट डिल पनि प्रदान गरिनेछ । 

सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागन आर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नी कार्गो, ओम्नी भ्यान र ईको लगायत रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया