MENU

राजनीति

ujyaalo forign call inside

​एमाले सांसदको धम्की : राजासँग त झुकिएन पत्रकारसँग किन झुक्नु ? (भिडियोसहित)

काठमाडौं, पुस ५ –प्यूठानको प्रदेशसभा ‘क’ का सांसद हरिप्रसाद रिजालले पत्रकारलाई ठेगान लगाउने धम्की दिनुभएको छ । 

नेपाल पत्रकार महासंघ प्यूठानले मंगलबार बिजुवारमा गरेको कार्यक्रममा सांसद रिजालले चुनावको समयमा पत्रकारले वाम गठबन्धनविरुद्ध जे पायो त्यै लेखेको भन्दै कानुन बनाएर ठेगान लगाउने चेतावनी दिनुभएको हो ।

‘प्यूठान जिल्लामा के दूर्गाले जित्लिन त ? प्यूठान जिल्लामा कम्युनिष्टको लालकिल्ला रहला त ? यस्ता किसिममा स्टाटस फेसबुकमा लेखेर, डाक्टर साप भनेर अलि बढाइचढाइ नै गरेर (गोविन्द पोखरेल नेपाली कांग्रेसका प्यूठानका उम्मेदवार हुनुहुन्थ्यो)  एमालेको हुँ भन्ने पत्रकारहरुले स्टाटस लेखे, सबै स्टाटस हामीले एकएक संकलन गरेर राखेका छौँ, कसले के लेखेका छन भन्ने हामीसँग प्रमाण पनि छन्’ कार्यक्रममा निकै आक्रोशित भएका सांसद रिजालले भन्नुभयो, ‘पत्रकारहरु अराजक हुन्छन, हामी त्यस्ता अराजक पत्रकारलाई ठिक गर्न निशाना बनाउँछौँ हामी, कानुन बनाउछौँ, पत्रकार त सही हुुनुपर्‍यो नि !, अराजक हुने ?’

सांसद रिजालको आक्रोश यतिमै रोकिएन । उहाँले भन्नुभयो, ‘मन परेन भन्दैमा जे पायो त्यै लेख्दै हिँड्ने ? को हो त्यो पत्रकार ?चुनावका बेला कसैले सोधेनन्, पत्रकार पनि बिक्री भएका छन् यहाँ, डाक्टर साब (गोविन्द पोखरेल) का कुरा स्याउलीबाङ, कुर्तीबाङ, दाङवाङ जताततै बजेका छन्, हाम्रा रेडियो कहीँ बज्दैनन ?  हाम्रा अन्तरवार्ता हामीले भन्न जानेका छैनौँ, हामीले पढेका छैनौँ ? राजासँग त झुकिएन पत्रकारसँग झुकिन्छ ?’

महासंघको आपत्ति

एमालेका सांसद हरिप्रसाद रिजालले पत्रकारलाई ठेगान लगाउने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आपत्ति जनाएको छ । महासंघ प्यूठानले मंगलबार एक विज्ञप्ति निकालेर पत्रकारलाई ठेगान लगाउने र बिक्री भएको गलत आरोप लगाएर आफूहरुको कलम रोक्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

चुनावको बेला केही पत्रकार बिकेको भन्ने आरोपको पुष्टि गर्न पनि चुनौती दिइएको महासंघ प्यूठानका सचिव एलबी थापाले जानकारी दिनुभयो । निर्वाचित भएको एक साता नबित्दै पत्रकारलाई निरंकुश शैलीमा धम्क्याएर सांसदले नै आतंकित तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया