MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

सलमान र कटरिना पाँच वर्षपछि सँगै, ट्रेलरले त रेकर्ड तोड्यो, फिल्मले के गर्ला ?

पुस ५ – निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रबार २२  डिसेम्बरका दिन प्रदर्शनमा आउँदैछ ।

‘टाइगर जिन्दा हे’ सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो । यस फिल्ममा लगभग ५ वर्षपछि सलमान खान र कटरिना केफको जोडीलाई हेर्न पाइने भएको छ । फिल्मको पहिलो पोस्टरलाई नै लिएर दर्शकमा निकै उत्सुकता बढेको छ । 

सलमान र कटरिनाको जोडी नै यस फिल्मको खास कारण बनेको छ । यी दुई जोडीलाई एकसाथ हेर्नका लागि दर्शकहरु लामो समयको पर्खाईमा रहेका थिए । यस फिल्ममा सलमान र कटरिनाको दुवैजनाको अवतार निकै नै खास रहेको छ । जसमा सलमान र कटरिना दुवैको लुक्स निकै आकर्षक र फ्रेश देखिएको छ । 

‘टाइगर जिन्दा हे’ को ट्रेलरले मात्रै अहिलेसम्म सात वटा रेकर्ड बनाएको छ । यस फिल्मको ट्रेलरले बाहुबली २ को ट्रेलरको रेकर्ड समेत तोडेको छ । त्यस्तै, ‘टाइगर जिन्दा हे’ सोसियल मिडियामा सबैभन्दा बढी कमेन्ट, लाइक र सेयर पाएको छ । 

फिल्म को ट्रेलर रिलिज भएको २४ घण्टामै २९ मिलियन भ्यूज भइसकेको थियो  । र, यो समाचार बनाउदासम्म यस फिल्मको पहिलो गित ‘स्वाग से स्वागत’लाई युट्यूबमा ११ करोडभन्दा बढी पटक हेरिएको छ । जसको संख्या हरेक दिन बढिरहेको छ । 

यसबाटै तपाईँ अनुमान गर्न सक्नुहुन्छ कि फिल्म हेर्न हलमा दर्शकको भिड कस्तो हुनेछ ।  चलचित्रको ट्रेलर नै पाँच करोड ६४ लाखभन्दा बढी पटक हेरिएको छ ।

अली अब्बास जफर जो यस फिल्मका निर्देशक हुन् । उनले सलमानसँग यसअघि सुल्तानमा काम गरिसकेका छन् । जुन बक्स आफिसमा सुपर हिट सावित भएको थियो । त्यसैले पनि  ‘टाइगर जिन्दा हैं’ मा उनी सलमानको साथमा अएका हुन् । 

अब यो शुक्रबार थाहा हुनेछ कि फिल्म रिलिज हनु अगाडि नै ट्रेलरले जसरी बलिउडका अन्य फिल्मका रेकर्ड तोडेको  छ, के ‘टाइगर जिन्दा हे’ ले ओपनिङमै रेकर्ड ब्रेक गर्ला त ?  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया