MENU

साहित्य/ कला

नेपाल कलाभूषण चन्द्रराज शर्माको निधन

काठमाडौं, पुस ६ – संगीतकर्मी नेपाल कलाभूषण चन्द्रराज शर्माको निधन भएको छ । झण्डै ९ सय गीतमा संगीत दिनुभएका नेपाल कलाभूषण शर्मामा बिहीबार बिहान त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा निधन भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभएको हो ।

विंस २००० असार २४ गते काठमाडौंको डिल्लिबजारमा शर्माको जन्म भएको हो । उहाँका बुवा यज्ञराज शर्मा संगीत शिरोमणी हुनुहुन्थ्यो । आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मिनु भएका चन्द्रराज शर्माले २०२० सालमा भारतको इलाहवादको प्रयाग संगीतबाट संगीतमा प्रभाकर गर्नुभएको हो ।

उहाँलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गर्नुभएको थियो । उहाँले २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गर्नुभएको थियो । उहाँले नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गर्नु भएको छ । यस्तै उहाँले श्रीस्वस्थानी र महाकवी देवकोटासहित चलचित्रमा पनि संगीत दिनुभएको छ ।

गीतिनाटक मुनामदन, सत्यनाग, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गर्नुभएको छ । उहाँले संगीत भरेको तथा नारायणगोपालले गाएको ‘म मरे पनि मलाई मेरो देशको माया छ’ तथा ‘मुटुको हरेक नशा नशामा’, ‘मनमा माया तनमा माया’ सहितका गीत चर्चित छन् ।

उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने छ । उहाँको आजै आर्यघाटमा अन्तिम शंस्कार गरिने परिवारका सदस्यले बताएका छन् । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया