MENU

राजनीति

Ncell Axiata
NIC Asia

प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँड आज

काठमाडौं, पुस ६ – निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड बिहीबार गर्दैछ । प्रदेशसभातर्फको मतसंख्या संकलन र रुजु गर्ने काम सकेपछि सिट संख्या बाँडफाँड गरी दलहरुलाई पत्र लेख्न लागिएको तयारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले प्रदेशसभाका समानुपातिकतर्फका सांसदको नाम पठाउन दललाई ७ दिनको समय दिने पनि उहाँले बताउनुभयो । प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका ५ दलसहित प्रदेश नम्बर १ मा राप्रपा, २ मा नेपाल संघीय समाजबादी पार्टी र प्रदेश नम्बर तीनमा  विवेकशील साझा र नेमकिपाले एक एक जना सांसद पठाउन पाउनेछन् ।

समानुपातिकतर्फ कसले कति सिट पाउने ?

प्रदेशसभामा कुल सदर मतको १ दशमलव ५ प्रतिशत सीमा कटाउने दलले प्रदेश सांसद पठाउन पाउने प्रावधान छ । यसैबिच संघीय प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँडका लागि पनि तयारी भइरहेको छ ।

आयोगका अनुसार सवै ठाउँको मत रुजु गरी सम्बन्धित निर्वाचन अधिकृतले कागजात बुझाइसकेपछि संघीय प्रतिनिधिसभाका लागि पनि ७ दिनको समय दिएर दलहरुलाई पत्र पठाइनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया