MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन

काठमाडौं, पुस ६ – साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ । नेपाली साहित्यमा यौनका विषयमा लेखिएको कथा ‘पहेँलो गुलाफ’ बाट निकै चर्चित हुनुभएकी कथाकार तथा उपन्यासकार शाहको बिहीबार बिहान अमेरिकामा निधन भएको हो ।

कथाकार शाह केही वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको थियो । २००२ साल मंसिर २५ गते वीरगञ्जको श्रीपुरमा जन्मनु भएकी शाहको साल्ट सिटीमा रहेको इन्टर माउन्टेन हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । कथाकार शाहका पहेँलो गुलाफ (२०२३), विषयान्तर (२०२८), मन्टुको बजैको कथाको पेटारो (बालकथा संग्रह, २०३८) सहितका कथा संग्रह प्रकाशित छन् ।

यस्तै उहाँ नेपालमा पहिलो पटक १० जना मिलेर लेखिएको संयुक्त उपन्यास ‘आकाश विभाजित छ’ को लेखक मध्ये एक हुनुहुन्छ । उहाँले उपन्यास मम्मी २०४० सालमा प्रकाशित भएको थियो ।

उहाँले २०४५ सालमा मैनाली कथा पुरस्कार तथा २०५९ मा मैना कथा पुरस्कार पाउनुभएको छ । नेपाली कथा तथा बालसाहित्यमा विशेष योगदान गर्नुभएकी शाह अभिनेत्री जल शाहकी आमा हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया