MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

जाडो महिनाका लागि टेलिकमले ल्यायो अफरै अफर

काठमाडौं, पुस ६ –नेपाल टेलिकमले जाडो महिनाका लागि ग्राहकका लागि बोनस सहितको विशेष प्याकेज ल्याएको छ । 

टेलिकमले विन्टर अल टाइम डाटा प्याक अन्तरगत १२ रुपैयाँमा ३ दिनको लागि २५ एमबी र २५ एमबी वोनस डाटा प्याक उपहार दिने जनाएको छ, यस्तै ६० रुपैयाँमा १ सय ५० एमबी र बोनस स्वरुप १ सय ५० एमबी नै डाटा दिने भएको छ । 

यस्तै टेलिकममले १ सय २० रुपैयाँमा  ५ सय एमबी र बोनस ५ सय एमबी गरी १ हजार एमबी डाटा दिने भएको छ । यस्तै सस्तो मुल्यमा रात्रीकालीन डाटा प्याकेज अन्तरगत १२ रुपैयाँमा १ सय २० एमबी,  ६० रुपैयाँमा ७ सय एमबी र १ सय २० रुपैयाँमा १६ सय एमबी डाटा पाइने टेलिकमले जनाएको छ । 

यस्तै फेसबुक र ट्वीटर मात्रै प्रयोग गर्नको लागि पनि नेपाल टेलिकमले सस्तो अफर ल्याएको छ ।  एसएमएस सेवामा पनि १० रुपैयाँमा १ सय एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । यो योजना पुस ७ गते देखि माघ २१ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया