MENU

राजनीति

ujyaalo forign call inside

​ मोदीले दिए प्रचण्डलाई बधाई

काठमाडौं, पुस ६ –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।

माेदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिनुभएको छ । अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले बिहीबार अपराह्न साढे चार बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिनुभएको हो । 

टेलिफोन वार्तामा अध्यक्ष दाहालले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया