बातावरण-कृषि
इलाममा अलैँची जोगाउन कृषक पाठशाला सुरु
- Thursday, Dec 21, 2017
- 19:06 PM ( 4 months ago )
- Total Views: 1.4 K
इलाम, पुस ६ –इलाममा अलैँची जोगाउन कृषक पाठशाला सुरु गरिएको छ । जिल्लाका १८ गाउँमा अलैँची कृषकलाई लक्षित गरेर कृषक पाठशाला सुरु गरिएको हो ।
विभिन्न रोगका कारण सखाप भएको अलैँची खेतीको अवस्था सुधार गर्ने उदेश्यले उन्नति समावेशी वृद्धि कार्यक्रमले कृषक पाठशाला सुरु गरेको उन्नतिका कृषि व्यवसाय विज्ञ सिवलाला कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उन्नतिले जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजागमाई गाउँपालिका र मांसेबुङ गाउँपालिकाका सहकारी र कृषक समूहमार्फत १८ स्थानमा पाठशाला सुरु गरेको हो । पाठशालाबाट पाँच सय ४० किसान लाभान्वित हुने विज्ञ कार्कीले बताउनुभयो ।
पाठशालाले कृषकहरुलाई प्रर्दशन प्रभावका माध्यमबाट प्राविधिक रुपमा खेती गर्न सक्ने बनाउने, अलैँचीको उन्नत प्रविधि कृषकमा हस्तान्तरण गर्ने र प्राविधिक रुपमा खेती गर्न सक्ने बनाउने छ ।
छत्तीस लाख रुपैयाँको लागतमा करिव दश महिना सञ्चालन हुने कार्यक्रममा किसानलाई अलैँची बारीमै कृषि प्रविधि सिकाइने अलैँची विकास केन्द्र पान्दमका प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानलाई अलैचीको नर्सरीदेखि उत्पादन र बजारीकरणका लागि महिनामा एक पटक कक्षा सञ्चालन गरिने छ । पाठशालाको क्रममा किसानले गरिरहेको प्रविधि र उन्नत प्रविधिबाट खेती गरेर दश महिनासम्म तुलनात्मक अध्ययन गरेर परिणाम अन्य किसानलाई पनि प्रसारण गर्ने योजना रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार इलाममा अलैँची एक हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ । यो क्रम बढ्दो अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ साहले बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
चितवन वैशाख ७ – बंगुरको मासु खान प्रतिबन्ध लगाएको चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो समय माछा खान प्रतिवन्ध लगाएको छ ।
-
दुर्लभ पाटेबाघ मर्याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।
-
आजको मौसम : दिनभरी घाम–साँझमा पानी
काठमाडाैं, वैशाख ७ – शुक्रबार पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।
-
आजको मौसम : साँझपख मेघगर्जनसहित पानी पर्ने
काठमाडौं, वैशाख ४ – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ ।
-
केक काटेर रेडपाण्डाको जन्मोत्सव मनाइयो
रसुवा, वैशाख ३ – दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि रसुवामा केक काटेर रेडपाण्डाको नवौँ औ जन्मोत्सव मनाइएको छ ।
-
राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
काठमाडौं, वैशाख ८ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले काठमाडौंमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
प्रतिक्रिया दिनुहोस