MENU

राजनीति

Ncell Axiata

​बधाई दिँदै मोदीले दिए ओलीलाई भारत भ्रमणको निम्तो

रमेश गिरी/उज्यालो । 

भक्तपुर, पुस ६ –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ । 

बिहीबार अपरान्ह अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गर्दै हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिनुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई नेपालमा तीनवटै निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्तसमेत गर्नुभएको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

उहाँले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताउनु भएको थियो ।

ओलीले मोदीलाई  बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने अध्यक्ष ओलीले बताउनभयो । 

ओलीले खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै उहाँले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गर्नुभयो । 

सरकार गठन लगत्तै भ्रमणका लागि औपचारिक निमन्त्रणा पत्र पठाइने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले गुजरात लगायत प्रान्तहरुमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि मोदीलाई वधाइ दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया