MENU

मनोरञ्जन

ujyaalo forign call inside

शाहिद कपूर र इम्तियाज अली एक दशकपछि सँगै

पुस ६ –बलिउड अभिनेता शाहिद कपूर र निर्देशक इम्तियाज अली फेरि सँगै काम गर्ने कुरा  पक्का भएको खबर सार्वजनिक भएको छ ।

शाहिदले भनेका छन्, ‘हामी दुईजना छिट्टै काम गर्दैछाैँ र म इम्तियाज जस्तो प्रतिभाशाली निर्देशकसँग फेरि पनि सँगै काम गर्ने मौका पाएकोमा निकै उत्साहित छु ।’ 
 

यसै वर्ष कपूर र अलीले पहिलो पटक सँगै काम गरेको फिल्म ‘जब वी मेट’ प्रदर्शन भएको १० वर्ष पूरा भएको छ । फिल्म ‘जब वी मेट’ सन् २००७ मा सुपरहिट फिल्म भएको थियो ।  जुन फिल्ममा शाहिद कपूर र करिना कपूरको जोडीलाई दर्शकले निकै नै प्रशंसा गरेका  थिए ।

   

‘जब  वी मेट’ फिल्म गर्दा इम्तियाज र शाहिद दुवै जना करियरको सुरुवाति चरणमा थिए । फिल्म सफल भएसँगै दुवैका लागि फिल्म यात्रा विशेष रह्योे । । इम्तियाज अलीले ‘जब वी मेट’ पछाडि लभ आजकल, रक स्टार, तमासा, जब ह्यारी मेट सेजल जस्ता सफल फिल्म बनाएर स्थापित निर्देशक बनिसकेका छन् ।  त्यस्तै साहिद कपूरले विवाह, हैदर, उड्ता पंजाव जस्ता सफल फिल्ममा अभिनय गरेर बलिउड फिल्ममा आफ्नो विशेष छाप छोडिसकेका छन् । 

इम्तियाजले फेरि पनि शाहिदसँग प्रेम कहानीमा आधारित फिल्म बनाउन लागेका हुन् । जुन फिल्मको सुटिङ २०१८ मा भारतमा सुरु गरिनेछ भने त्यस पछाडि विदेशका विभिन्न स्थानमा सुटिङ गरिनेछ । फिल्ममा शाहिदसँग कुन अभिनेत्रीले काम गर्नेछिन् त्यसको लागि भने अभिनेत्रीको खोजी भइरहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया