MENU

राजनीति

सर्वदलीय बैठकले विवाद समाधान गर्छ : महरा

दाङ, पुस ७ – नेकपा माओवादी केन्द्रका नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रदेशको राजधानी, प्रदेश प्रमुख चयन र राष्ट्रियसभा गठन सम्बन्धी विवाद एकैपटक समाधान हुने बताउनुभएको छ ।

दाङका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि पत्रकारलाई धन्यवाद दिन शुक्रबार घोराहीमा अयोजित कार्यक्रममा महराले राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठकमा यी विषयमा छलफल हुने र सहमतिका साधारमा टुङ्गो लाग्ने बताउनुभयो ।

पार्टी एकता र सरकार गठन सँगसँगै अघि बढाउने र त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको महराले दाबी गर्नुभयो । अबको एक हप्तामा नयाँ सरकारको गठनको बाटो खुल्ने दाबी महराको छ । प्रदेश नम्बर ५ को राजधानी दाङ हुनेमा सबै दलका नेताहरु सकारात्मक भएको भनाई महराको छ ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया