MENU

राजनीति

ujyaalo forign call inside

बालुवाटारमा पाँच दलको बैठक सुरु

काठमाडौं, पुस ७ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछिको अवस्था र देखिएको राजनीतिक किचलो अन्त्यको प्रयास स्वरुप दलहरुले आन्तरिक र बहुपक्षीय छलफल सुरु गरेका छन् ।

राष्ट्रियसभाको गठन अघि नै अर्को सरकार गठन गर्न मिल्ने र नमिल्ने विवादमा रहेका वाम गठबन्धनका दल र सत्तारुढ नेपाली कांग्रेसले यसको समाधान खोज्न आन्तरिक र बहुपक्षीय छलफल थालेका हुन् । यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा अहिले ५ दलको बैठक सुरुभएको छ ।

बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा कांग्रेससहित एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

बैठकमा चुनाव पछिको राजनीतिक अवस्था, राष्ट्रियसभाको गठनबारे देखिएको अलमल, लगायत विषयमा छलफल हुनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया