MENU

राजनीति

ujyaalo forign call inside

राजनीतिक गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक

काठमाडौं, पुस ७ –चुनावपछि देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा दलहरुबीच छलफल भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा बसेको पाँच दलको बैठकमा राष्ट्रियसभा कि सरकार पहिले गठन गर्ने भन्ने विषयमा छलफल भएको हो । शुक्रबारको बैठकमा सबैले आ–आफ्ना धारणा राखेको र थप छलफल गरी निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले पठाइसकेको विधेयक राष्ट्रपतिले रोक्न नहुने भन्दै एकल संक्रमणीय पद्धति अनुसार नै राष्ट्रिय सभा गठन हुनुपर्ने अडान बैठकमा राखेको जानकारी दिनुभयो । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि एकल संक्रमणीय पद्धतिबाटै राष्ट्रियसभा गठन हुनुपर्ने धारणा राखेको र नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा नबने पनि सरकार गठन हुन सक्ने भएकाले प्रतिनिधिसभाको परिणाम चाँडो घोषणा गरेर सरकार बनाउने बाटो खोल्नुपर्ने धारणा  बैठकमा राखेको जानकारी दिनुभयो । 

अध्यादेश जारी गर्नुअघि अरु दलहरुसग पनि छलफल गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेकाले समस्या भएको श्रेष्ठको भनाई थियो । उहाँका अनुसार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनसँग राष्ट्रिय सभाको गठनको कुनै सम्बन्ध नभएकाले तत्काल प्रतिनिधिसभाको परिणाम घोषणा गरेर नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने बताउनुभएको पनि माओवादी केन्द्रका नेता श्रेष्ठले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया