MENU

राजनीति

Ncell Axiata
NIC Asia

​उपचारको क्रममा वीरगंज वारुणयन्त्रका कर्मचारी नेपालको मृत्यु

पर्सा, पुस ७ –वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा निभाउन जाँदा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
सुपर ग्यास उद्योग वीरगंजमा बुधबार आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक सञ्जिव नेपालको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

नेपाललाई उपचारकोलागि ट्रमा सेन्टरबाट रेफर गरेर बर्न सेन्टर कीर्तिपुरमा लगिएको थियो । उपचारको क्रममा नेपालको त्यहीँ मृत्यु भएको नेपालका दाजु तथा वीरगंज महानगरपालिकाका पूर्व कार्यकारी प्रमुख विष्णु कोइरालाले जानकारी दिनुभयो  ।

वीरगञ्जको सुपर ग्यास उद्योग आगलागी नियन्त्रणमा संलग्न वीरगंज वारुण यन्त्रमा कार्यरत सर्लाहीका यादव अधिकारी, तनहुँका मधुसुदन मिश्रको बुधबार घटनास्थलमै निधन भएको थियो । अर्का घाइते अरुण महतोको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया