MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​महोत्तरीमा उखु खेतीप्रति किसानको आकर्षण घट्दै

महोत्तरी, पुस ७ –गएको वर्षको तुलनामा महोत्तरीमा उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । जिल्लामै देशकै सबैभन्दा ठूलो चिनी उद्योग स्थापना भए पनि महोत्तरीमा विगतको तुलनामा ५० प्रतिशतले उखु खेती घटेको छ ।

गएको वर्ष १५ हजार बिघामा उखु खेती गरिदै आएकोमा यसवर्ष ७ हजार बिघा जमिनमा मात्र उखु खेती भएको जिल्ला कृषि कार्यालय महोत्तरीले जनाएको छ  ।
गएको सिजनमा एभरेष्ट चिनी उद्योगले १४ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो भने यस वर्ष १६ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगले जनाएको छ ।

गौशाला नगरपालिका –१, मा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका प्रबन्धक युगलकिशोर चौरसियाका अनुसार पछिल्लो समयमा आएर विभिन्न कारणले किसानहरुले खेतमा उखु खेती गर्न छाडेको बताउनुभयो । उखुको उत्पादन लागत बर्सेनि बढ्ने तर मूल्य भने निरन्तर घट्दा किसानको उखु खेतीतर्फ आकर्षण घट्दै गएको हो ।

त्यस्तै प्रत्येक वर्ष उखुको मूल्य समयमै नतोकिनु र लगत अनसारको मूल्य नपाउनु र तोकिएको मूल्य पनि समयमै नपाउनु उखु खेती घट्नुको प्रमुख कारण रहेको गौशाला नगरपालिका –११, का किसान प्रदीप महतोले बताउनुभयो । यहाँका अधिकांश किसानहरुले उखु खेती छाडेर धान, मकै जस्ता अन्न बाली र व्यावसायिक तरकारी खेतीमा लागेको महतोले जानकारी दिनुभयो ।

जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको उखु खेती जिल्लाको पशुपतिनगर, किसाननगर, भरतपुर, रामनगर, गौशाला, औरही, हातिलेटका क्षेत्रमा किसानहरुले उखु खेती गर्दै आएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया