MENU

राजनीति

​बालुवाटार बैठकपछि ओली र प्रचण्डको ‘ग्रीन टी वार्ता’

काठमाडौं, पुस ७ – राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ ।

प्रधानमन्त्रीसहित पाँचदलका शीर्ष नेताहरु सम्मिलत बैठकमा दलहरुले आ–आफ्ना धारणा राखेका थिए । बालुवाटारमा बैठकमा माओवादी नेता नाराणकाजी श्रेष्ठ बोल्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड ग्रीन टी खान भन्दै बाहिरिनुभएको थियो ।

उहाँहरु बालुवाटार नजिकैको क्याफेमा छिर्नुभएको थियो । श्रेष्ठले बोल्दै गर्दा ओलीले प्रचण्डलाई ग्रीन टी खान जाउँ भन्नुभएको थियो । माओवादी अध्यक्ष प्रचण्ड ओलीकै गाडीमा बसेर क्याफेमा जानुभएको थियो । 

शुक्रबारै पार्टी एकता र सरकार गठनबारे छलफल गर्न एमाले स्थायी समितिको बैठक बस्दै गरेकाले पनि ओली  प्रचण्डको ग्रीन टी वार्तालाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । शुक्रबार नै माओवादी अध्यक्ष दुई दिनका लागि गृहजिल्ला चितवन जाँदै हुनुहुन्छ ।

प्रचण्ड र ओली सँगै क्याफेमा माओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्छ । शुत्रबार बिहान मात्रै नेपाली कांग्रेसले राष्ट्रिय सभा गठनका बारेमा संघीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टीसँग छलफल गरेको थियो । 

ओली र प्रचण्डले बालुवाटारमा भएको सर्वदलीय बैठकपश्चात राजनीतिक गतिरोध अन्त्य गर्न रणनैतिक छलफल गर्न ग्रीन टीको बहाना बनाएको हुन सक्ने अनुमान गरिएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया