MENU

राजनीति

ujyaalo forign call inside

​रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्छौं : राजपा उपाध्यक्ष लाल

काठमाडौं,  पुस ७ –राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृजेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट विजयी सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिनुभएको हो ।

मंसिर २१ गते सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा सांसद चौधरीले प्रत्यासीलाई झण्डै २१ हजार मतान्तरले हराउँदै विजयी भएका थिए । लालले भन्नुभयो, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ । विभेदकारी व्यवहार गर्दैछ । हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ । तत्काल रेशम चौधरीको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस् ! होइन भने निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठ्नेछ र आन्दोलन हुनेछ ।’

त्यस्तै रेशमकी धर्मपत्नी रञ्जिता चौधरीले चुनावका बेला मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्याधिक दमन गरेको बताउनुभयो । ‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो’, रेशमकी धर्मपत्नी चौधरीले भन्नुभयो, ‘त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ । सत्य तथ्य छानबिनको लागि अझै पनि आग्रह गर्दछु ।’

निर्वाचन आयोगले विजयी उम्मेदवार आफै उपस्थित भएपछि मात्रै प्रमाणपत्र दिने बताउँदै आएको छ । नियम अनुसार प्रमाणपत्र लिन विजयी उम्मेदवार आफै उपस्थित हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

टिकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका चौधरी विगत २६ महिनादेखि फरार रहनुभएको छ । उहाँले इन्द्र चौधरीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया