MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

एनसेलले पोखरामा ग्राहकसँग खुशीयाली साट्ने

काठमाडौं, पुस ७– एनसेलले आफ्ना ग्राहकसँग थप नजिक भई खुशीयाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्याण्ड फोरजीको अनुभव प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्रस्थित नयाँ बजारमा ‘मेला २०७४’ आयोजना गर्दैछ ।

गीत संगीतलगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले बताएको छ । चर्चित कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), चर्चित सांगीतिक समूह कबवेभ र द एजले मेलामा मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

मेलामा बालबालिकाको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरलगायत आकार्षण रहने एनसेलले जनाएको छ ।

मेलाको आकर्षणका लागि पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । मेलामा प्रवेश निःशुल्क रहने छ । मेलामा कन्सर्टसहित साँझ ६ बजेर ३० मिनेटसम्म चल्ने एनसेलले जनाएको छ ।

एनसेलले अहिलेसम्म फेरजी सेवा १९ शहरसम्म पुर्याएको जनाएको छ । मेलामा दर्शकले आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न र पुरानो सिमलाई फोरजी सिममा अपग्रेड गर्ने सुविधा पनि रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया