MENU

राजनीति

ujyaalo forign call inside

​५ नम्बर प्रदेशको राजधानी दाङ नै उपयुक्त

दाङ, पुस ७ –मध्यपश्चिमाञ्चल राजधानी पूर्वाधार अनुगमन समितिले ५ नम्बर प्रदेशको सम्भावित राजधानीस्थलमध्ये सबै हिसाबले दाङलाई उपयुक्त भएको बताएको छ ।

दाङलाई ५ नम्बर प्रदेशको राजधानी बनाउने गरी पूर्वाधार अध्ययन, निरीक्षण तथा छनोट गरिएको समितिले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिका संयोजक सुरेश प्रधान नेतृत्वको टोलीले दुई दिन लगाएर जिल्लामा राजधानीको लागि पूर्वाधारको अवस्था र संरचनाको अध्ययन तथा निरीक्षण गरेको हो । टोलीले राजधानीको लागि दाङ उपयुक्त भएको निष्कर्षसमेत निकालेको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार दाङलाई प्रदेशको अस्थायी राजधानी तोक्न के कस्ता संरचना र पुर्वाधार छन, त्यसको अध्ययन गरी प्रतिवेदन पठाउनु भन्ने निर्देशनका आधारका यहाँ पूर्वाधारको व्यवस्थापन गर्न निरीक्षण गरिएको संयोजक प्रधानले जानकारी दिनुभयो । अध्ययन टोलीले दाङका विभिन्न १५ वटा सरकारी तथा गैरसरकारी संस्थाका भवनहरुको स्थलगत निरीक्षण गरी उपयुक्त रहेको प्रतिवेदन पेश गरेको छ ।

पूर्वाधार निरीक्षण टोलीले नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा रहेको आयुर्वेद अध्ययन संस्थानको नवनिर्मित एक सय आठ कोठाको सुविधा सम्पन्न भवनलाई प्रादेशिक मन्त्रालयको प्रशासनिक भवन बनाउन सकिने बताएको छ । प्रदेशको मुख्यालय बेलझुण्डी बनाउने र मन्त्री, मुख्यमन्त्रीको आवासका लागि घोराहीका विभिन्न सरकारी कार्यालयलाई प्रयोग गर्न सकिने तयारी गरिएको छ ।

पूर्वाधार निरीक्षण टोलीका सदस्य–सचिव राजेन्द्र प्रसाद पाण्डेका अनुसार मन्त्री आवासका लागि जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयको भवन हेरिएको छ । त्यसैगरी कृषि विकास बैंक क्षे त्रीय कार्यालयलाई पनि प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

पाण्डेले देउखुरी उपत्यका र दाङ उपत्यकामा पूर्वाधार जोड्न निर्देशन भएको र देउखुरीमा त्यस्ता पूर्वाधार नभएको हुँदा घोराही र बेलझुण्डीमा राजधानी बनाउने मुख्य तयारी भएको बताउनुभयो ।

‘दाङलाई ५ नम्बर प्रदेशको राजधानी घोषणा गरिए आवश्यक पनेर् प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेशका विभिन्न सातवटा मन्त्रालय, प्रदेशसभा भवन र उनीहरुका लागि आवश्यक पर्ने आवास क्षेत्रका लागि सम्भावित भौतिक संरचनाको निरीक्षण गरी प्रतिवेदन तयार गरेका छौ’ क्षेत्रीय प्रशासक प्रधाननले भन्नुभयो ।

तत्कालका लागि पुरानै संरचनाहरुको निरीक्षण गरिए पनि भविष्यमा आवश्यक पनेर् संरचना निर्माणका लागि खाली जमिनको पनि निरीक्षण गरिएको बताउनुभयो । भौतिक संरचना निरीक्षणको क्रममा टोली प्रमुख प्रधानले घोषणा हुने बित्तिकै आवश्यक संरचना स् थापना गर्न दाङ उपयुक्त दे खिएको बताउनुभयो ।
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया