MENU

राजनीति

Ncell Axiata
NIC Asia

पार्टीले जिम्मेवारी दिए मुख्यमन्त्री चलाउन सक्छु : कला घले

सुमित्रा कोइराला/उज्यालो ।

उदयपुर, पुस ७ –प्रदेशसभातर्फ उदयपुर २ (ख) बाट विजयी भएकी कला घलेले  आफूलाई जिम्मेवारी दिए मुख्य मन्त्री चलाउनलाई कुनै समस्या नरहेको बताउनुभयो ।

वाम गठबन्धनकी उमेदवार घले प्रतिस्पर्धी नेपाली कांग्रेसका रामकुमार खत्रीलाई ४ हजार ४ सय ८४ मतान्तरले उछिन्दै विजयी हुनुभएको थियो । घलेले प्रदेशसभाको मुख्यमन्त्री पदका  लागि आफूलाई योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्नुभएको छ ।

२०२० सालमा सुनसरीको महेन्द्रनगरमा जन्मिएकी घलेको बाल्यकाल सुखद र सहज नै भएको बताउनुहुन्छ । पारिवारिक वातावारण राजनीति गर्ने भएका कारण बाल्यकालदेखि राजनीतिमा चासो रहेको घलेको भनाई छ । घलेका बुवा २०३८ सालमा वडाध्यक्ष हुनुहुन्थ्यो । रातभरी ‘गैँती, बेल्चा उचालेर नउठी भएन नेपालका दिदी र बहिनीले) जस्ता जनवादी गीतहरु घन्किन्थे ।

रातभर लेनिन र माओका बारेमा चर्चा हुन्थ्यो । ती दिन सम्झँदा अहिलेको भन्दा पहिलेको राजनीतिक माहोल अझ सशक्त भएको घले बताउनुहुन्छ । घले २०४० सालमा रामप्रसाद विष्टसँग प्रेमविवाह गरेर उदयपुर आउनुभयो । विवाहपछि पारिवारिक बोझ थपिएसँगै पहिलाको राजनीति गर्ने जोश जाँगर सबै हराएको उहाँ बताउनुहुन्छ ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय रहेकी घले आन्दोलनको महत्व र मर्म बुझेपछि पुनः राजनीतिमा लाग्ने वाचा गर्दै सक्रिय रुपमा राजनीतिमा होमिनुभयो । घले २०४७ सालमा संयुक्त जनमोर्चाका अध्यक्ष निर्मल लामाको पहलमा पार्टीमा आवद्ध हुनुभयो । बहुदलीय व्यवस्था आएसँगै २०४९ सालमा  घले गाउँकमिटीको सदस्यका रुपमा पार्टीमा कार्यरत हुनुभयो ।

२०५० सालमा गाउँमा जनजागृती नामक क्लब खोली कोषाध्यक्षको रुपमा कार्यरत रहँदै सामुदायिक वनको अध्यक्ष र बालविकास केन्द्रको कोषध्यक्ष, स्वास्थ्य चौकी अध्यक्षलगायत गाउँमा गठित सम्पूर्ण कमिटीको पदाधिकारी रहँदै घलेले काम गरि सक्नुभएको छ । २०५१ सालमा नेकपा एमालेमा प्रवेश गरेसँगै त्रिवेणी गाउँकमिटी सदस्यमा निर्वाचित भएसँगै अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी सदस्यमा मनोनित हुनभयो ।  २०५४ सालको स्थानीय निकायको चुनावमा महिला सदस्यमा विजयी भएपछि आफ्नो राजनीतिक यात्रा सुरु भएको घलेले बताउनुभयो ।

त्यसबेला जिल्लामा कार्यरत गैरसरकारी संस्था थिएन् । उदयपुरमा भर्खरै महिला पुनःस्थापना केन्द्र ओरेकले कार्य थालेको थियो । (ओरेके) ले जननिर्वाचित महिला सदस्यलाई तालिमको व्यवस्था गर्यो । त्यही तालिमले उहाँको राजनीतिक जीवनमा निखार ल्यायो । नेपालका विभिन्न स्थानलगायत भारतमा पुगेर त्यहाँको महिलाको राजनीतिक अवस्थाको बारेमा नजिकबाट नियाल्ने अवसरबाट राजनीतिमा सशक्त हुँदै अगाडि बढेको घलेले स्मरण गर्नुभयो ।

घलेसँग गाउँकमिटी, जिल्ला कमिटी सदस्य हुँदै अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ । झण्डै ३० वर्षदेखि सक्रिय राजनीति गर्दै आउनुभएकी घले मुख्यमन्त्री बन्नका लागि आफूसँग योग्यता, क्षमता र अनुभव सबै भएको बताउनुहुन्छ । पार्टीले विश्वास गरी जिम्मेवारी दिएको अवस्थामा आफूले प्रदेश नम्बर १ को मुख्य मन्त्रीको दाबी गर्ने घलेले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया