MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

जंगली हात्तीका कारण लोडसेडिङ

काठमाडाैं, पुस ७– कुसुम र कोहलपुरका बीचमा पर्ने १३२ केभी डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्यानएपछि सुदूरपश्चिसम र मध्यपश्चिरमका केही स्थानमा विद्युत आपूर्तिमा समस्या आएको प्रधिकरणले जनाएको छ ।

हात्तीले विद्युत प्रशारणको टावर क्षतिग्रस्त बनाएकाले सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाहमा अवरोध आएको प्राधिकरणले विज्ञप्तिमा जनाएको छ ।

भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र ती सबस्टेशनहरुबाट प्रवाह भएकाले पिक आवरका समयमा झण्डै १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने भएकाले लोडसेडिङ भएको विद्युत प्रधिकरणले जनाएको छ ।

प्राधिकरणले नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरिसकिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया